महिला हिंसा विरुद्धको अभियान

ठुलिभेरीका विभिन्न वडामा लैंगिक हिंसा बिरुद्धका सचेतना अभियान चलाइदै

रामचन्द्र न्याैपाने,
डाेल्पा । डाेल्पाकाे ठुलिभेरी नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
नगरपालिकाका ११ वटै वडामा गर्ने याेजना सहित सुरु गरिएको कार्यक्रमकाे छैटा‌ैँ र साताैँ दिनमा वडा नं ५ र ६ स्थित माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हाे ।
यसै अभियानलाई सञ्चालनकालागि सहयोग पुग्ने गरि महिलासँग उपमेयर कार्यक्रम मार्फत बजेट समेत छुट्टयाइएको छ ।
गाउँघरमा बड्दै गएका महिला हिंसा बिरुद्धका घटनाहरुलाई न्युनिकरण गर्न बिद्या मन्दिर मावि माझफाल र लक्ष्मी मावि थरगाउँमा महिला सशक्तीकरण सम्बन्धि शिर्षक राखेर बक्तित्व कला र कविता प्रतियोगिता सञ्चालन गरिएको
न्यायिक समितिमा कार्यरत कर्मचारी गिता महतले जानकारी दिइन् ।
उनका अनुसार बिद्यार्थीहरुलेनै यस प्रकारका महिला हिंसा न्युनिकरणमा गाउँघरमा सचेतना फैलाउने भएकाले वडाका विभिन्न सराेकारवालाकाे उपस्थितिमा कार्यक्रम गर्ने गरिएको हाे ।
सदरमुकाम दुनैबाट सुरु गरिएकाे याे अभियानलाई नगरपालिकाका ११ वटै वडामा सञ्चालन गरिने नगर उपप्रमुख छिरिङ टाेल्मा महतले जानकारी दिईन ।
यसरी गाउँघरमै पुगेर सञ्चालन गरिने कार्यक्रमले साँच्चिकै महिला अधिकार,सशक्तीकरण र महिला हिंसा न्युनिकरणमा सघाउने उपप्रमुख महतकाे भनाइ छ ।
याे अभियानलाई समाज जागरण केन्द्र (स्याक) नेपाल र सुस्वाले सहयोग गरेकाछन् ।

तस्बिरहरू

 

 



तपाईको प्रतिक्रिया