रामचन्द्र न्यौपाने,
डोल्पा २ माघ : रणनैतिक महत्वको भेरी करिडोर स्तरउन्नतीकालागि ४ अर्व २० करोड स्रोत सुनिश्चित भएको छ ।
करिडोर अन्तर्गतको तल्नुबगर देखि दुनैसम्मको ४२ किलोमिटर सडकखण्ड स्तरउन्नतीकालागि चालु आर्थिक बर्षकालागि संघिय सरकार माताहतको अर्थ मन्त्रालयबाटद ४ अर्व २० करोड स्रोत सुनिश्चित भएको हो ।

उक्त बजेटबाट सडकलाई दुई लेनको बनाउन डबल कटिङ,कालोपत्रे लगाएतको काम गरिने बताइएको छ ।
डोल्पाकालागि संघिय सांसद धनबहादुर बुढाले लामो प्रयासबाट भेरी करिडोरमा बजेट ब्यवस्थापन गर्न सफल भएको बताए ।
यसकालागि डोल्पाका मानिनियहरु,राजनितिक दल,बुद्धिजिवि, सञ्चारकर्मी लगायतको सहयोग रहेको बताए ।
सांसद बुढाले बजेट ब्यवस्थापनकालागि नेपाल सरकारलाई विशेष धन्यवाद दिएकाछन् ।
यस करिडोरका बिचमा पर्ने पुलहरु निर्माणकालागि बजेट जुटाउन भौतिक पुर्वाधार मन्त्रालय तथा सम्बन्धित मन्त्री सकारात्मक रहेकाले छिट्टै टुंगिने उनको भनाई छ ।
यो करिडोर रणनैतिक रुपमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने बाँके जिल्लाको जमुनाहबाट सुरु भई सुर्खेत,सल्यान,जाजरकोट,रुकुम पश्चिम ,डोल्पाको दुनै,धो तिन्जे हुँदै चिनको स्वशासित क्षेत्र तीब्बतको सिमानामा पुगेर टुङ्गिन्छ ।
भेरी करिडोर कार्यालयको जाजरकोटका अनुसार छिन्चु मोरिम्लासम्मको सडकको कुल लम्बाइ ३ सय १७ किलोमीटर छ । जसमध्ये छिन्चु देखि जाजरकोटसम्म १ सय ७ किलोमीटर सडक कालोपत्रे छ ।
जाजरकोटको खलंगा बजार देखि रिम्न हुँदै रुकुम पश्चिमको चिसापानी सम्मको सडकखण्ड पनि कालोपत्र भइसकेको छ । खलंगा बजार देखि रिम्नासम्म १६ किलोमीटर सडक यस अघिनै कालोपत्रे भएको हो ।
रिम्ना देखि चिसापानीसम्मको सडक केही महिना अघिमात्र कालोपत्रेको काम सकिएको हो । चिसापानी देखि तल्नुबगरसम्मको ३० किलोमीटर सडक कालोपत्रेको चरणमा छ ।
भेरी करिडोर कार्यालय जाजरकोटको ९७ करोड बजेटमा रिम्ना–तल्नुबगरसम्मको ४० किलोमीटर सडकको कालोपत्रेको काम भइरहेको भेरी करिडोर कार्यालयका प्रमुख सुनिल रञ्जिकारले बताए ।
साडे दुई बर्ष अघि खुलेको ठेक्कामा निर्माणको जिम्मा श्रेष्ठ कन्ट्रक्सन कम्पनि हेटौँडाले पाएको र अब चालु आर्थिक बर्ष भित्रै तल्नुबगरसम्म कालोपत्रेको काम सम्पन्न गर्ने गरि काम भइरहेको रञ्जितकारको भनाइ छ ।
भेरी करिडोर अन्तर्गत पर्ने ल्यासीक्याप–शिसौलको ३५ किमि ट्रयाक खुलाउन अझै बाँकी रहेको छ ।
दुनै–ल्यासीक्याप–शिसौल–धो–तिन्जे हुँदै मोरिम्ला नाका जोड्ने उक्त सडकखण्डको ल्यासीक्याप–शिसौलसम्मको ट्रयाक खुलाउनै बाँकी रहेको हो ।
ट्रयाक खुलाउने जिम्मा नेपाली सेनालाई दिने भनिएता पनि मन्त्रिपरिषदको निर्णय नहुँदा अन्योलमा परेको छ ।





नेपाल ईन्फम । २०८१ माघ २ गते बुधवार