रामचन्द्र न्याैपाने,
डाेल्पा | डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा रहेकाे त्रिपुराकाेट स्वास्थ्य चाैकीमा पहिलोपटक बच्चा उल्टाे भएकी गर्भवती महिलाको सामान्य सुत्केरी गराइएको छ ।
स्वास्थ्य चाैकीमा कार्यरत डाक्टर तुलसी शाहकाे नेतृत्वमा रहेकाे स्वास्थ्यकर्मीकाे टाेलीले जटिल अवस्थामा पुगेकी गर्भवतीकाे सामान्य सुत्केरी गराएको हाे ।
त्रिपुरासुन्दरी नगरपालिकामा २ घर भएकी २७ बर्षिय रम्बा थापालाई नियमित जाँचका क्रममा शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका थिए,तर उनी र उनका परिवारले शल्यक्रिया नगर्ने अडान राखेका थिए,शल्यक्रिया गर्नुपर्ने केसलाई स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मीकाे सहयोगमा सामान्य सुत्केरी गराउन सफल भयाै डाक्टर शाहले भनिन ।
अहिले आमा बच्चाकाे अवस्था सामान्य रहेकाे उनकाे भनाइ छ ।
त्रिपुराकाेटमा अहिलेसम्म यस प्रकारकाे जटिल केशलाई सामान्य सुत्केरी गराइएको थिएन,आज डाक्टर साप लगायतका स्वास्थ्यकर्मीकाे टिमले सामान्य सुत्केरी गरायाे स्वास्थ्य सेवा कार्यालय डाेल्पाका निमित्त प्रमुख डाक्टर सिजन रावलले भने ।
यसबाट आमा बच्चाकाे ज्यान पनि जाेगिएकाे छ,याे एक प्रकारको सफलता पनि हाे ।





नेपाल ईन्फम । २०८१ चैत्र २८ गते शुक्रवार