रामचन्द्र न्याैपाने
डाेल्पा । हिमाली जिल्ला डाेल्पामा शहरी विकास मन्त्रालयबाट मात्रै करिब १ अर्ब ७० करोड बजेट बिनियाेजन भएको छ ।
डाेल्पाकाे इतिहासमै पहिलोपटक पटक शहरी विकास मन्त्री धन बहादुर बुढाले यति धेरै बजेट पठाएकाहुन् ।
डाेल्पामा बिद्यालय भवन,स्मृति भवन,क्याम्पस लगायतका क्षेत्रमा कराेडाैँ बजेट छुट्याएकाछन् ।
त्यतिमात्र नभई पत्रकार महासंघ डाेल्पाकाे भवन निर्माणकालागि ५० लाख बजेट छुट्याइएको छ ।
आफू मन्त्री भएको बेला डाेल्पामा सक्दाे बजेट छुट्याइएको बताए ।
डाेल्पामा सुरक्षित आवास निर्माण देखि भेरी करिडोर स्तरउन्नतीका बजेट छुट्याइएकाे छ ।
भेरी करिडाेर स्तरउन्नतीकालागि पहिलाे चरणमा १ अर्व ६ करोड बजेट बिनियाेजन भएकाेमा यसकाे पाँच गुणा बजेट छुट्टयाउन पहल अन्तिम चरणमा पुगेको बताए ।
शहरी विकास मन्त्रालयबाट गएको बजेटमा डाेल्पाका आठवटै स्थानीय तह समेटिएको मन्त्री बुढाकाे बताए ।
डाेल्पालीकाे लाइफलाइन भेरी करिडोर लगायतका ठाेस याेजनामामात्र बजेट केन्द्रित गरिएकाे उनकाे भनाइ छ ।
आफू पढेकाे बिद्यालय सरस्वती मावि दुनैमा भवन निर्माणकालागि ५० लाख र जगदुल्ला गाउँपालिका स्थित त्रिपुरा माविकाे प्रशासकीय भवन निर्माणकालागि १ कराेड बजेट छुट्याइएको छ ।
डाेल्पामा पदमार्ग,मन्दिर,गुम्मा निर्माणमा पनि कराेडाैँ बजेट छुट्याइएको बताइएको छ ।
डाेल्पामा अर्बौं बजेट जाँदा कार्यन्वन भने सहि ढंगले हुनुपर्ने सराेकारवालाकाे भनाइ छ ।





नेपाल ईन्फम । २०८१ जेष्ठ ३० गते बुधवार