वडा सरकार

डोल्पाका ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग !

रामचन्द्र न्यौपाने,
डोल्पा २७ मंसिर : डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ७ जुफालका छत्तीस जना बृद्धबृद्धालाई असहायलाई सम्मान र सहयोग गरिएको छ ।


वडा भित्रका सत्तरी बर्ष नाघेका बृद्धबृदा र असहाय नागरिकलाई लाई सम्मान सँगै सहयोग गरिएको हो ।
समाजको इतिहाँसका रुपमा रहेका बृद्धबृद्धाहरुलाई वडाको सयोगमा एक थान फाइबर सिरक,एक थान इलेक्ट्रोनिक जग,एक बट्टा च्यवनप्राश लगायतका सामाग्रीहरु वितरण गरिएको वडाध्यक्ष धुब्र विक्रम शाहीले जानकारी दिए ।


वडाबासी ज्येष्ठ नागरिक अभिभावक हाम्रो पहिचान,वडाबासी ज्येष्ठ नागरिकलाई सहयोग र सम्मान भन्ने नाराका साथ यस बर्षबाट कार्यक्रमको सुरु गएिकाले अब प्रत्येक बर्ष वडाले यस्तो कार्यक्रम गर्ने उनको भनाइ छ ।
त्यतिमात्र नभइ अशक्त,असहायकालागि स्थानीय सरकार छ भन्ने दिन यो कार्यक्रम गरिएको र अन्य वडाले पनि सिक्नु पर्ने शाहीले बताए ।


डोल्पामा हिँउद सुरु भएर अत्याधिक चिसो बडेकाले न्याने सिरक र बिजुली बत्तीबाट पानी तताएर पिउन सहज होस भनेर इलेक्ट्रोनिक जग बाँडिएको वडाले जनाएको छ ।
वडाको प्रशासनिक खर्चबाट ज्येष्ठ नागरिकलाई सहयोग गरिएको हो ।



तपाईको प्रतिक्रिया