रामचन्द्र न्याैपाने,
डाेल्पा २९ मंसिर : नेकपा (माओवादी केन्द्र) मुड्केचुलाकाे तेस्रो गाउँ अधिवेशन भव्य रुपमा उद्घाटन भएर सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिकाकाे केन्द्र नर्कुमा आयाेजित गाउँ अधिवेशन भव्य रुपमा सम्पन्न भएको हाे ।
अधिवेशनमा उद्घाटनकाे पहिलो दिन ५६ जना र दाेस्राे दिन ४ जनाले नेकपा एमाले र नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा नेकपा (माओवादी केन्द्र) प्रवेश गरेकाे जिल्ला पार्टी सचिव दत्त बहादुर शाहीले बताए ।
मुड्केचुला गाउँपालिकन नेकपा (माओवादी केन्द्र) काे हिजाे पनि आधार इलाका रहेकाे,आजपनि रहेको र भाेली पनि रहने उनकाे भनाई छ ।
अधिवेशनबाट वाइसीएल डाेल्पाका पुर्व इन्चार्ज टंक हमाल पालिका अध्यक्षमा निर्वाचित भएकाछन् ।उनकाे नेतृत्वमा ३३ सदस्यीय गाउँ कमिटी बनाइएको छ । अन्य पदाधिकारीमा तब बहादुर सार्की र धनवहादुर राेकाया (उपाध्यक्ष),काली बहादुर बि.क.( सचिव) र लिला पून सुनार (कोषअध्यक्ष) सहित ३३ जना गाउँ कमिटि चएन गरेकाे छ।
शुक्रबार देखि शुरू भएकाे भेलामा पार्टीका नेता तथा केन्द्रीय सदस्य रामदिप आचार्य,पूर्व मन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य वीरवहादुर शाही,गाउँपालिका अध्यक्ष तथा जिल्ला पार्टी सचिव दत्तवहादुर शाही,पालिकाकै उपा अध्यक्ष दुधा राेकाया,जिल्लाका अन्य नेताहरू विरमल कुमार भण्डारी,रणवहादुर कार्की र पालिकाका निर्वाचित जनप्रतिनिधि तथा नेता,कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे।





नेपाल ईन्फम । २०८१ मङ्सिर २९ गते शनिवार