डाेल्पा | नेकपा माओवादी केन्द्र जगदुल्लामा गाउँपालिकाको तेस्राे गाउँ अधिवेशन भव्य रूपमा सम्पन्न भएकाे छ। अधिवेशनबाट सर्वसम्मत रूपमा भक्त सिंह रोकाया अध्यक्षमा निर्वाचित भएकाछन् । सचीवमा भुपेन्द्र शाही सहित ३७ सदस्यीय गाउँ कमिटि चएन गरेकाे छ । भेलामा पार्टीका नेता तथा केन्द्रीय सदस्य रामदिप आचार्य,पूर्व मन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य वीरवहादुर शाही,गाउँपालिका अध्यक्ष नारासिंह रोकाया,गाउँपालिका अध्यक्ष तथा जिल्ला पार्टी सचिव दत्तवहादुर शाही,जिल्लाका अन्य नेताहरू विरमल कुमार भण्डारी,रणवहादुर कार्की र पालिकाका निर्वाचित जनप्रतिनिधि तथा नेता,कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे।
कार्यक्रममा सहिद परिवार,घाइते अपाङ्ग र जनयुद्धका पुर्णकालिन सदस्य र द्वन्दपीडित सहित ५५ जनालाइ सम्मान पत्र र दोसल्ला सम्मान गरिएको थियो।





नेपाल ईन्फम । २०८१ मङ्सिर ३० गते आइतवार