रामचन्द्र न्याैपाने,
डाेल्पा ३ पुस : हिमाली जिल्ला डाेल्पामा याैन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि तीन दिने तालिम दिइएको छ ।
किशोरी सशक्तीकरण परियाेजना अन्तर्गत जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका भित्र पर्ने छ वटा बिद्यालयका किशोर किशोरी र साथी शिक्षकलाई सदरमुकाम दुनैमा भेला गरि तालिम दिइएको हाे ।

आजकाे समयमा सुनाैलाै भविष्य निर्माणकाे जग बसाल्ने प्रमुख थलाे नै बिद्यालय भएकाले बिद्यार्थीहरुले याैन तथा प्रजनन स्वास्थ्य अधिकार सकारात्मक धारणा बसाल्नु पर्ने शिक्षकहरुले पनि त्यहि अनुसार सहजिकरण गरेर सहि सल्लाह सुझाव दिनुपर्ने तालिममा बताइएको छ ।

त्यतिमात्र नभई किशाेर किशोरीहरुलेफआफ्नाे स्वास्थ्य र अधिकार नबुझ्दा बाल विवाह,याैन हिंसा,असुरक्षित शारीरिक सम्बन्ध, असुरक्षित गर्भपतन लगायतका गलत कार्यहरु आफ्नाे भविष्य बर्बाद पारिरहेकोमा चिन्ता ब्यक्त गरिएको छ ।
देशका ग्रामीण भेगहरु अझ विशेष गरेर डाेल्पामा यश प्रकारका घटनाहरुहुन नदिनकालागि यस्ता किशोरी सशक्तीकरण परियाेजनाले काम गरिरहेकाे समाज जागरण केन्द्र डाेल्पाकाअनुगमन संयाेजक चिरञ्जीवी पाैडेलले बताए ।

बिद्यालयसँगै स्वास्थ्य संस्थाहरु समेत किशोर किशाेरीमैत्री हुनुपर्ने उनकाे भनाइ छ ।
जिल्ला अस्पताल डाेल्पाका डाक्टर अखन्ड उपाध्यायले याैन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि बिषयबस्तुलाई सहजिकरण गरेका थिए ।
छ वटा बिद्यालयका कक्षा छ देखि १० कक्षा सम्म अध्ययनरत ५० जना बिद्यार्थी ६ जना शिक्षक र नाै जना सामाजिक परिचालकलाई तालिम दिइएकाे हाे ।






नेपाल ईन्फम । २०८१ पुष ३ गते बुधवार