रामचन्द्र न्यौपाने / डोल्पा १६ मंसिर : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने ल्हाँमा भर्खरैमात्र मतदान सुरु भएको छ ।
आज बिहान ८ बजेर २० मीनेट देखि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।
चिसोले गर्दा प्रतिनिधि र मतदाताहरु ढिलागरिमात्र मतदान स्थलमा पुगेपछि सात बजेदेखि सुरुहुने मतदान प्रक्रिया सुरुहुन ढिलाई भएको उहाँको भनाइ छ ।
मतदान प्रक्रिया शान्तिपुर्ण हिसाबमा सुरु भएको र हालसम्म २३ मत प्रजिअ महतले बताउनुभयो ।
वडा अध्यक्ष पदकालागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्रिा,नेपाली काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्धार बनेकाछन् ।
एकिकृत समाजबादीबाट ज्वती घर्तीले उम्मेद्धारी दिएपनि उनले उम्मेद्धारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेद्धार घर्तीलाइ सघाउने बताइसकेकीछन् ।
उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको छ भने तीन हाराहारीमा मात्र खस्ने अनुमान गरिएको छ ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६,नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली काङ्ग्रेसले ८३ मत प्राप्त गरेको थियो ।
यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमाले बिच कडा प्रतिशप्रर्धाहुने देखिएको छ ।
एकिकृत समाजवादीले समेत माओवादीका उम्मेद्धारलाइ सघाउने घोषणा गरेपछि माओवादीका उम्मेद्धार निर्वाचित हुन सक्ने आँकलन समेत गरिएको छ ।
अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदकालागि निर्वाचन सुरु भएको हो ।





नेपाल ईन्फम । २०८१ मङ्सिर १६ गते आइतवार