रामचन्द्र न्याैपाने,
डाेल्पा । त्रिपुरासुन्दरी नगरपालिका ९ स्थित चुँ गाउँमा पर्ने जनप्रिय आधारभूत बिद्यालयले ३५ अाै बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
मंगलबार विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हाे ।
बिस २०४७ सालमा स्थापना भएकाे उक्त बिद्यालय हाल कक्षा ६ सम्म सञ्चालन भएको छ भने करिब दुई सय बिद्यार्थी अध्ययन गरिरहेकाछन् ।
प्रत्येक बर्ष आफ्नाे शैक्षिक उन्नयनलाई बडाउँदै लिएकाे जनप्रियले जारी आबमा मात्रै १ कराेड १० लाख रकम बराबरको बिकास भित्र्याउन सफल भएको प्रधानाध्यापक देब प्रसाद बुढाले जानकारी दिए ।
उक्त बजेटबाट बिद्यालयमा घेराबार,शाैचालय,कम्युटर ल्याब,खेल मैदान लगाएतका संरचना निर्माण गरिने प्रधानाध्यापक बुढाकाे भनाइ छ ।
बिद्यालयकाे शैक्षिक प्रगति एकल प्रयासबाट असम्भव भएकाले शिक्षक,अभिभावक,बिव्यस,स्थानीय सरकार र सराेकारवालाकाे सामुहिक हातेमालेमा बिद्यालयकाे समग्र पक्षमा सुधार गर्न सकिने बुढाले बताए ।
कार्यक्रमकाे सभाअध्यक्षता रुपा डाँगीले गरेकी थिइन भने प्रमुख अतिथिकाे रुपमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख याम प्रसाद शर्माले गरेका थिए ।
कार्यक्रमकाे अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा,जग्गादाता,उत्कृष्ट शिक्षक,बिद्यालय संस्थापक आदीलाई दाेसल्ला र प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियाे ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे अवसर पारेर साेही बिद्यालयमा अध्यापनरत शिक्षक गमबहादुर बुढाकाे कृति संघर्ष भित्रकाे डाेल्पाकाे बिमाेचन समेत गरिएको थियाे ।
थप तस्बिरहरू :






नेपाल ईन्फम । २०८२ कार्तिक २६ गते मङ्गलवार