रामचन्द्र न्याैपाने,
डाेल्पा | डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने त्रिपुराकाेट माध्यमिक बिद्यालय मद्वुले स्वर्ण जयन्ती मनाएको छ ।
स्थापनाकालकाे पचास बर्ष पुरा गरेकाे अवसरमा बिद्यालयले स्वर्ण जयन्ती मनाएको हाे।

डाेल्पा जस्ताे दुर्गम ठाउँमा स्थापना भएर निरन्तर शिक्षाकाे ज्वती छरिरहेकाे त्रिपुराकाेट माध्यमिक बिद्यालयले साे अवसरमा विविध साँस्कृतिक कार्यक्रम गरेको हाे ।
दुर्गम क्षेत्रका कलिला बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाे त्रिपुराकाेट माध्यमिक बिद्यालयलाई नगरपालिकाले पनि भाैतिक संरचना निर्माण लगायतका कार्यमा सहयोग गरिरहेकाे नगर प्रमुख जनचन्द्र राेकायले बताए ।
आगामी दिनमा बिद्यालयकाे पठनपाठन क्रियाकलापलाई प्रभावकारी बनाउनकालागि नगरपालिकाले सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
स्वर्ण जयन्तीको अवसरमा बिद्यालय सञ्चालनमा याेगदान पुर्याएकाे भन्दै प्रधानाध्यापक कृष्णबहादुर बाेहाेरा,शिक्षक हिराचन्द्र बुढा लगायतका बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियाे ।

कार्यक्रममा वडा नं १ का अध्यक्ष रामचन्द्र कुलाल,छिमेकी बिद्यालयका प्रधानाध्यापकहरु,शिक्षक,अभिभावक,पत्रकार तथा बिद्यार्थीहरुकाे उपस्थिति रहेकोे थियाे ।
थप तस्बिरहरु










नेपाल ईन्फम । २०८२ असोज ३ गते शुक्रवार