रामचन्द्र न्यौपाने,
डोल्पा । भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट देखि दुनैसम्मको यात्रामा यात्रुहरुले बिभिन्न हैरानी खेप्नु परेको छ ।
उपल्लो डोल्पामा पर्ने नेपाल चिन सिमा क्षेत्र मोरिम्ला नाका हुँदै बाँके जिल्लाकाे जमुनाहा जोड्ने भेरी करिडोरले पुर्णता नपाउँदा डोल्पा भित्रने र बाहिरिने यात्रु र सवारीसाधनहरुले हैरानी खेप्नु परेको हो ।
भेरी करिडोरमा पर्ने सुर्खेतको छिन्चु देखि उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाकासम्मको सडकको कुल लम्बाई तीन सय एकत्तर किलोमीटर छ ।
यस बिचको जाजरकोटको तल्नुबगर देखि डोल्पाको दुनैसम्मको ६१ किलोमीटर सडकको अवस्था चिन्ताजनक छ ।
०७५ साल मंसिरमै सडकको ट्रयाक खुलेर पनि सडक विभागले बुझिसकेको यस खण्डको यात्रामा बर्खाको समयमा सर्वसाधारणले अझ धेरै सास्ती खेप्नु परेको हो ।
एक त कच्ची र सााघुरो सडक त्यसमा पनि बिच बिचमा पर्ने खहरे खोलाहरुमा मोटरेवल पुल नबन्दा चार/पाँच ठाउँमा नै गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।
जिल्ला भित्रने र बाहिरीने यात्रुहरुले तल्नु–दुनै बिचमा छलगार्ड,चुँ गार्ड,गोतामकोट,मुलातरा लगायतका ठाउँमा गाडी परिवर्तन गर्नुपरेको यात्रुहरुले गुनासो गरे ।
भेरी करिडोरको यात्रा गर्दा डोल्पाको त्रिपुराकोट देखिनै यात्रुहरुले दुख पाउन सुरुहुने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय पुर्ण सार्कीले बताए ।
त्रिपुराकोट देखि तल्नुबगरसम्म सडकको अवस्था,जीप चालक र सञ्चालकहरुको मनोमानीले प्रत्येक बर्ष बर्खाको समयमा सर्वसाधारणले समस्या भोग्दै आएको उनको भनाइ छ ।
‘यस सडकखण्ड बिचमा चार सिट क्षमताका देखि नौ सिट क्षमताका दुई दर्जन धेरै जीप सञ्चालनमा छन्,यि जीपहरुले ठाउँ ठाउँमा परिवर्तन गर्दै तल्लुबगरसम्म पुर्याउाछन्,जसका कारण भाडादरमा यात्रु ठगिने देखि समयमै गन्तब्यमा नपुग्ने समस्या हुन्छ ।’
सार्कीका अनुसार ‘जीप भरिभराउ हुादा पनि समयमै नछुट्ने,चालकले खाना खाजा खाने निहुामा घण्टौ बाटोमा गाडी रोक्ने र सिट क्षमता भन्दा धेरै यात्रु बोक्ने गर्नाले सुर्खेत नेपालगञ्ज पुग्नै दुई दिनसम्म लाग्ने गरेको छ ।’
उनि भन्छन् ‘यस सडकखण्ड बिचमा ट्राफिक प्रहरी छन्,तर,यान्त्रीक जाँच नभएका जीपहरुले मनोमानी यात्रु राख्ने देखि भाडा असुल्ने गर्दा समेत कारवाही गरिँदैन्,अझ त चालकहरुलेनै माधकपदार्थ सेवन गरेर गाडी चलाउँदा समेत प्रहरीले कारवाही गर्दैन् ।’
तल्नु देखि दुनैसम्मको सडक स्तरउन्नती भएर बिच बिचका खोलाहरुमा पुल बनेको खण्डमा यस्ता समस्याहरु आफै समाधान भएर जाने उनको भनाइ छ ।
ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नु पर्ने भएकाले यात्रुहरुलाई नेपालगञ्जसम्म गाडीमा भन्दा जहाजमा जान कम खर्च लाग्ने गरेको छ ।
डोल्पाबाट नेपालगञ्ज पुग्न छ हजार सातसय मात्र लाग्ने भएपनि गाडीमा यात्रा गर्दा दश हजारसम्म खर्चहुने गरेको यात्रुहरुको गुनासो छ ।
भेरी करिडोर कार्यालय जाजरकोट र यस सडकमा पर्ने स्थानीय तहले सडकमा आइपर्ने स–साना समस्याहरु बेलैमा हल नगर्दा बर्खाको समयमा घण्टौ सडक अवरुद्ध गरेको यात्रुहरु बताउँछन् ।
दशै लगायतका चाडपर्व नजिकिँदै गएकाले जिल्ला भित्रने र बाहिरीने यात्रुहरूकोलागि सहज आवागमन हुनेगरि बर्खामा अवरुद्ध सडकहरु मर्मत गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भिमराज काेइरालाले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाकाकाे छलगार्ड खाेलामा सडम मर्मत गर्ने काम भेरी करिडोरले गरिरहेकाे पनि प्रजिअ काेइरालाले बताए ।





नेपाल ईन्फम । २०८२ असोज १ गते बुधवार