रामचन्द्र न्यौपाने,
डोल्पा । हिमाली जिल्ला डोल्पामा नयाँ सडकको ट्र्याक खन्ने क्रममा ना.बा.प्र.०१–००१ ग ४२१० इस्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
ठूलीभेरी नगरपालिका–२ लोचास्थित दुनै–लोचागाउँ सडकखण्डमा बुधबार बिहान नयाँ ट्र्याक खन्ने क्रममा इस्काभेटर सडकबाट करिब ५०/६० मिटर तल खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले बताए ।
दुर्घटनामा ठूलीभेरी नगरपालिका–६ काँडातालीका अन्दाजी ३४ वर्षीय चालक मन्दिर राेकाय घाइते भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरिएका रोकायलाई उपचारका लागि जिल्ला अस्पताल दुनै ल्याइएको थियो।
उपचारकै क्रममा राेकायकाे दिउँसो १ः२० बजे रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक सञ्जीव गुप्ताको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक्साभेटर ठुलिभेरी नगरपालिकाकाे भएको बताइएको छ ।





नेपाल ईन्फम । २०८३ साउन २७ गते बुधवार