रामचन्द्र न्याैपाने,
डाेल्पा १८ साउन : हिमाली जिल्ला डाेल्पामा स्थापना भएको नाै बर्षपछि ईलाका प्रशासन कार्यालय इलबाट नियमित सेवा सुरु गरिएको छ ।
जिल्लाकाे मुड्केचुला गाउँपालिका अन्तर्गत पर्ने ईलमा २०७३ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालयबाट नागरिकता लगायतका प्रशासनिक सेवा सुरु गरिएको हाे ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले बाह्र वटा नागरिता जारी गर्दै नियमित सेवाकाे सुरुवात गरेकाहुन् ।
नागरिका प्रणालीकालागि इन्टरनेट लगायतकाे सुविधा नहुदाँ स्थापना भएदेखिनै उक्त कार्यालय बन्द अवस्थामा थियाे ।
नेपाल टेलिकमकाे इन्टरनेट जडान सँगै आवश्यक पुर्वाधार तयार गरेपछि आजबाट नागरिकता लगायतको प्रशासनिक सेवा पनि सुचारु भएकाे प्रजिअ दाहालले बताए ।
यहाँकाृ इलाका प्रशासन बन्द भएपछि नागरिकले धेरै दुख पाएका रहेछन्,नागरिकता लिनकै लागि सदरमुकाम पुगेर फर्किदासम्म बीस हजारसम्म खर्च गरेकाे पनि गुनासाे सुने,त्यसपछि निरन्तरकाे प्रयासले आजबाट सेवा सुरु भएको हाे उनले भने ।
अब दुई तीन दिन यहिँ बसेर सेवा दिने याेजना छ,शनिवार पनि नागरिकता लिने काेहि भए आउन भनेकाे छु,त्यसपछि सहायक प्रजिअ आउनुहुन्छ,सेवा निरन्तर अघि बड्छ ।
सेवा सुचारु भएसँगै विकट क्षेत्रमा बसाेबास गर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकाका सर्वसाधारणहरु नागरिकता लगायतको सेवा लिन सहज हुने प्रजिअ दाहालले बताए ।
प्रशासनिक सेवा सुचारु कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसी,राष्ट्रिय अनुसन्धान कार्यालय डाेल्पाका प्रमुख मेघराज कँडेल लगायतको उपस्थिति रहेकाे थियाे ।





नेपाल ईन्फम । २०८१ साउन १८ गते शुक्रवार