सुर्खेतमा आकस्मिक अवतरण

सिमा सुरक्षाकालागि उपल्लो डोल्पा गएका असईकाे हेलिकप्टरबाट उद्धार

रामचन्द्र न्यौपाने,
डोल्पा १६ साउन : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्बाट एक जना सुरक्षाकर्मीको उद्धार गरिएको छ ।
विहिबार देखि खुल्न लागेको मोरिम्ला नाका सुरक्षाकालागि सदरमुकाम दुनैबाट गएका शसस्त्र प्रहरीका प्रहरी सहायक निरिक्षक नरबहादुर बिसिको डोल्पोबुद्ध गाउँपालिका वडा नं ६ फालबाट उद्धार गरिएको हो ।
एक साता अघि सिमा सुरक्षाकालागि उपल्लो डोल्पा गएका बिसि लेक लागेर बिरामी परेपछि तुरुन्दै सेनाको हेलिकप्टरबाट उद्धार गरिएको शसस्त्र प्रहरी नायव उपरिक्षक भुवन अर्यालले जानकारी दिनुभयो ।
सुर्खेत घर भएका बिसिलाई लेक लागेर स्वासप्रस्वासमा समस्या आउनु साथै खकारबाट रगत देखिको शसस्त्र प्रहरीले जनाएको छ ।
आज बिहान बिरामि बिसिलाई उद्धार गरेर लिएको हेलिकप्टर मौसम खराबिका सुर्खेतकै लेकेबेसी नगरपालिका स्थित धानबारी आकस्मिक अवतरण गरेको समेत अर्यालले बताउनुभयो ।
प्रहरी नायव उपरिक्षक अर्यालका अनुसार आकस्मिक अवतरण गरेको ठाउँबाट बिसिलाई गाडीमा कर्णाली प्रदेश अस्पताल पुर्याइसकिएको छ ।
छ बर्ष पछि पहिलो पटक विहिबारबाट चिनियाँ नाका खुल्ने भएपछि सर्वसाधारण,व्यापारी तथा सुरक्षाकर्मीहरु उपल्लो डोल्पा पुगेकाछन् ।



तपाईको प्रतिक्रिया