रामचन्द्र न्यौपाने,
डोल्पा १३ साउन : हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाका सबै बिद्यालयमा स्थानीय पाठ्यक्रम लागु गरिएको छ ।
संविधानले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम लागु गरेको हो ।
गाउँपालिका भित्र रहेका आधारभुत तहको कक्षा १ देखि ५ सम्म हामि,हाम्रो जगदुल्ला गाउँपालिका नामको स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो ।
पाठ्यक्रमले स्थानीय भेषभुषा,कला सँस्कृति,रहनसहन,पर्यटन, जीवनशैली लगायतका विविध पक्षलाइ समेट्नुका साथै पुराना कला सँस्कृतिलाई संरक्षण,सम्भावनाको पहिचाहन तथा प्रवद्धनमा महत्वपुर्ण भुमिका खेल्ने बुढाको भनाइ छ ।
पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा ५ र बार्षिक कार्यघण्टा १६० रहेको र पुर्णाङ्क १०० रहेको बताइएको छ ।





नेपाल ईन्फम । २०८१ साउन १३ गते आइतवार