उपल्लो डोल्पामा बाह्र बर्षे शे–मेला सुरु

रामचन्द्र न्यौपाने,
डोल्पा १६ भदौ : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङ्ग स्थित शेल गुम्बामा बाह्र बर्षे शे–सुरु भएको छ ।
दर्शन शेल रिवो डुग्ड्राको,आर्जन विश्व शान्तिको भन्ने मुल नाराका साथ ६७ औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रचार प्रचार उप–समितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिए ।
प्रत्येक बाह्र बर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा साँस्कृतिक पहिचाहन समेत झल्काउने बताइएको छ ।
यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहाँसिक,प्राकृतिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचार प्रचारहुने आयोजकले जनाएको छ ।
रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वि डुपतोप सिंगे यिशेको सम्मान स्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ ।
मेलामा सहभागीहुन पुर्व मन्त्री तथा डोल्पाकालागि संघिय सांसद धनबहादुर बुढा,डाक्टर सन्दुक रुइत लगायत बौद्धधर्मालम्बीहरुका प्रमुख लामाहरु समेत पुगेकाछन् ।
मेला चार दिनसम्म सञ्चालनहुने बताइएको छ ।



तपाईको प्रतिक्रिया