बाह्र बर्से शे-मेला

बाह्र बर्षे शे–मेलामा सहभागीहुन डोल्पा पुगेका मुख्यमन्त्री कँडेल दुनैबाटै फर्किए

रामचन्द्र न्यौपाने,
डोल्पा १६ भदौ : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङ्गमा आज देखि सुरु भएको बाह्र बर्षे शे–मेलामा सहभागीहुन आएका कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल सदरमुकामबाट दुनैबाटै फर्किएकाछन् ।
मेला आयोजकको निमन्त्रणामा सुर्खेतबाट हेलिकप्टरमा दुनै पुगेका मुख्यमन्त्री कँडेल,यातायात तथा भौतिक पुर्वाधार मन्त्री शेरबहादुर बुढा मध्ये मुख्यमन्त्री कँडेल कार्यक्रमस्थलमा नपुगेरै दुनैबाट फर्किएकाहुन् ।
भौतिक पुर्वाधार मन्त्री बुढा भने केहि दिन गृह जिल्लामै रहने बताइएको छ ।
मौसमका कारण दुनै देखि कार्यक्रमस्थलसम्मको हवाइ रुट अवरुद्ध भएपछि दुनै पुगेका मुख्यमन्त्री सहितको टोली कार्यालय प्रमुखहरुसँग भेटघाट गरेर पुनःहेलिकप्टरमै सुर्खेत फर्किएकाहुन् ।
मेलामा सहभागीहुन नपाएका मुख्यमन्त्री कँडेलले दुनैमा नेकपा एमालेका कार्यकता भेटघाट पछि पशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।
तर,हेलिकप्टर बसाल्न ठाउँ नपाएपछि चार पाँच चक्कर मन्दिरको परिक्रमा गरेर त्यसै फर्किएकाहुन् ।
प्रत्येक बाह्र बर्षमा एक पटक लाग्ने बाह्र बर्षे शे–मेला चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
दर्शन शेल रिवो डुग्ड्राको,आर्जन विश्व शान्तिको भन्ने मुल नाराका साथ सुरु भएको ६७ औँ मेलाकालागि पुर्व मन्त्री धनबहादुर बुढा डाक्टर सन्दुक रुइत,बौद्ध धर्मालम्बीहरुका प्रमुख लामाहरु पुगिसकेको बताइएको छ ।
प्रत्येक बाह्र बर्षमा एक पटक लाग्ने मेला विश्व शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा साँस्कृतिक पहिचाहन समेत झल्काउने गाउँपालिकाका उपाध्यक्ष तथा प्रचार प्रचार उप समितिका संयोजक पेमा वाङ्छेन गुरुङले बताए ।
‘यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहाँसिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचार प्रचारहुने आयोजकको अपेक्षा छ ।
रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वि डुपतोप सिंगे यिशेको सम्मान स्वरुप लगाइएको यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ ।



तपाईको प्रतिक्रिया