बजेट

बजेट कार्यन्वयनको अवस्था बुझ्न उपल्लो डोल्पा पुगे मन्त्री बुढा

रामचन्द्र न्याैपाने,
डोल्पा १५ भदौ : डोल्पाकालागि प्रतिनिधि सभा सदस्य तथा पुर्व सहरी विकास मन्त्री धनबहादुर बुढा उपल्लो डोल्पा पुगेकाछन् ।
आफुले पठाएको बजेट कार्यन्वयनको अवस्था बुझ्न उपल्लो डोल्पा पुगेको पुर्व मन्त्री बुढाले बताए ।
प्रचण्ड नेतृत्वको सरकारमा एकिकृत समाजवादी कोटाबाट शहरी विकास मन्त्री बन्नु भएका बुढाले जारी आवमामात्रै एक अर्ब सत्तरी करोड बजेट पठाएको बताए ।

“मन्त्री भएदेखि डोल्पा आउन पाएको थिएन,आफु पदमा भएको बेला जिल्लाको विकासकालागि जतिसक्दो धेरै बजेट कसरी लैजाने भन्ने चिन्ता थियो,त्यस मानेमा सफल भए,अब गाउँघरमा आएको बजेटलाइ कसरी पुर्ण रुपमा कार्यन्वयन गर्न सकिन्छ भन्नेमा जनधारणा पनि बुझ्न आएको छु”उनले भने ।
“यससँगै उपल्लो डोल्पाका जनताका गुनासा,समस्या पनि बुझ्ने छु,डोल्पाली जनताको अगुवा भएको हिसाबले आफ्नो कार्यकालभरी जिल्लाको विकास गर्न लागि पर्ने छु ।”
एकसाता अघि भेरी करिडोरहुँदै सडक मार्गबाट डोल्पा पुगेका बुढा दुनै हुँदै छार्काताङ्सोङ गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका हुँदै अहिले शे–फोक्सुण्डो गाउँपालिका पुगेकाछन् ।
यतिबेला राष्ट्रिय महत्वको चिन–नेपाल–भारत जोड्ने त्रिदेशीय मार्ग भेरी करिडोर अन्तर्गतको मोरिम्ला–ल्यासीक्याप सडकखण्डको अनुगमन पनि गरेको पुर्व मन्त्री बुढाले बताए ।
मोरिम्ला नाका देखि सिसौलसम्म सडकको ४८ किलोमीटर खण्डको ट्रयाक खुलाइए पनि सिसौल देखि ल्यासीक्यापसम्मको ३३ किलोमीटर खण्ड कडा चट्टानी भु–भागयुक्त भएकाले अझै ट्रयाक खुल्न सकेको छैन् ।
यस खण्डको ट्रयाक खुलाउनकालागि बजेटको सुनिश्चित भइ आफु मन्त्री हुँदानै नेपाली सेनाले जिम्मा लिइसकेकाले अब छिट्टै काम सुरुहुने बुढाले बताए ।
उपल्लो डोल्पाका जनप्रतिनिधि,सर्वसाधारण भेटघाट गर्दै संसारको सबैभन्दा उचाइमा रहेको मावन बस्ती धो तराप हुँदै शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ्ग पुगेका मन्त्री बुढाले भोली देखि सुरुहुने प्रत्येक बाह्र बर्षमा एक पटक लाग्ने शे–मेलामा पनि सहभागीहुने समेत बताए ।



तपाईको प्रतिक्रिया