गृह मन्त्रालयकाे कार्यसम्पादन मुल्यांकनमा डाेल्पा प्रशासनले ल्यायाे ए प्लस !

रामचन्द्र न्याैपाने,
डाेल्पा २३ साउन :  गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय डाेल्पाले ९५.१२ अंक ल्याएको छ ।
देशका ७७ जिल्ला मध्ये डाेल्पा प्रशासनले ९५.१२ अंक ल्याएर ए प्लस ग्रेड ल्याएको हाे ।
डाेल्पा जिल्ला प्रशासन कार्यालय कार्य सम्पादनमा देशभरमा ए प्लस ग्रेड ल्याएर १८ स्थानमा पर्न सफल भएकाे प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले बताए ।
प्रजिअ दाहालले केही दिन अघिमात्र नाै बर्षदेखि राेकिएकाे ईलाका प्रशासन कार्यालय ईलबाट नागरिकता लगायतका प्रशासनिक सेवा प्रवाह सुचारु गराएका थिए ।
ईलाका प्रशासन कार्यालयमा सेवा सुचारु गराउँन विभिन्न निकायसँग निरन्तर समन्वय गरेपछि मात्र सफल भएको उनकाे भनाइ छ ।
प्रशासनले नियमित सम्पादन गर्ने काम,सरकारी जग्गा प्राप्ति,राेकिएकाे सेवा सुरु लगायतका मापदण्डलाई आधार बनाएर गृह मन्त्रालयले प्रत्येक बर्ष कार्य सम्पादनकाे नतिजा सार्वजनिक गर्ने गर्दछ ।



तपाईको प्रतिक्रिया