ऋणी स्थानीय सरकार

घर बेचेकाे १८ लाख रकम नपाएको भन्दै धर धनीले लगाए वडा कार्यालयमा ताला

रामचन्द्र न्याैपाने,
डाेल्पा | हिमाली जिल्ला डाेल्पाकाे एक वडामा तालाबन्दी गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाकाे वडा नं १ काे कार्यालयमा घरधनीले तालाबन्दी गरेकाहुन् ।
वडा कार्यालयलाई घर बेचेकाे छ बर्षसम्म पनि १८ लाख रकम नपाएको भन्दै तालाबन्दी गरिएको घरधनी हरि हमालले बताए ।
घर वडा कार्यालयलाई कुल २४ लाखमा बेचेकाे हाे,त्यसमा नगरपालिका र वडाले बराबर भुक्तानी गर्नुपर्ने लिखित सहमति भएको हाे,तर छ बर्ष बितिसक्दा पनि नगरपालिकाले १२ लाख र वडाले ६ लाख दिन बाँकी छ हमालले भने ।

वडाले हालसम्म छ लाख मात्रै भुक्तानी गरेकाे उनले उनकाे भनाइ छ ।

व्यक्तिगत सम्पत्ति आपसी सहमति अनुसार बेचेकाे बर्षाै बित्दा पनि भुक्तानी नभएकाले अब कानुनी उपचार खाेज्ने उनलेे बताए ।
वडाध्यक्ष रामचन्द्र कुलालले वडामा रकम नभएकाले सहमती अनुसार रकम दिन नसकिएको बताए ।
वडा सरकारकाे कार्यालयमै ताला लगाएपछि सर्वसाधारणको सेवा प्रवाह राेकिएकाे छ ।



तपाईको प्रतिक्रिया