डाेल्पामा नमुना मतदान

रामचन्द्र न्याैपाने,

डाेल्पा । हिमाली जिल्ला डाेल्पाकाे दुनैमा नमुना मतदान गरिएको छ ।

आसन्न फागुुन २१ मा ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष,मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न पुर्व अभ्यास स्वरुप गरिएको नमुना मतदान गरिएको हाे ।

मुख्य निर्वाचन अधिकृत चन्द्रदेब भारतीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी जुनु ढकालकाे विशिष्ट आथित्यता भएकाे नमुना मतदान अभ्यासमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएकाे थियाे ।

नमुना मतदान कार्यक्रममा सहभागी सर्वसाधारणले लाइनमा बसेर पालैपालो मतदान समेत गरेका थिए ।

यससँगै मतदानस्थलमा आइपर्नसक्ने तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन पहिलाे घेरमा नेपाली सेना,दाेस्राे घेरामा सशस्त्र प्रहरी र तेस्राे घेरामा नेपाल प्रहरी रहेर नमुना अभ्यास समेत गरेकाे थियाे ।

नमुना मतदान अभ्यास सम्पूर्ण प्रक्रिया,मतदाता प्रवेशदेखि मत खसाल्ने तरिकासम्म व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो।

मतदान केन्द्रमा हुन सक्ने भिड नियन्त्रण,अनुचित गतिविधि तथा सम्भावित धाधली रोकथामका उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना क्रियाकलाप प्रस्तुत गरिएको बताइएको छ ।

तस्बिरहरू

 



तपाईको प्रतिक्रिया