उपल्लो डोल्पालाई छुट्टै निर्वाचन क्षेत्र कायम गर्न माग

रामचन्द्र न्यौपाने

डोल्पा । भौगोलिक रुपमा विकट उत्तरी डोल्पालाई छुट्टै निर्वाचन क्षेत्र कायम गर्न माग गरिएको छ ।

दश बर्षे निर्वाचन क्षेत्र निर्धारणको समयसिमा समाप्तहुन लागेकाले अब भने देशको सबैभन्दा ठुलो जिल्लाको सत्तरी प्रतिशत भुगोल ओगटेको उपल्लो डोल्पालाई छुट्टै निर्वाचन क्षेत्र कायम गरेर ऐतिहाँसिक विभेद हटाउन माग गरिएको हो ।

नेपाली कम्युनिष्ट पार्टी डोल्पाका नेता धन बहादुर बुढा सहित जिल्लाका नेता कार्यकर्ताले केन्द्रिय संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाललाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण सहितका पाँचवटा बुधामा मागपत्र पेश गरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय युवा ग्याल्बो थापा भोटेले जानकारी दिए ।

त्यसैगरि राजनितिक प्रतिनिधित्वको सुनिश्चतता गर्दै आगामी ८४ सालको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उपल्लो डोल्पाबाट एउटा प्रत्यक्ष्य उम्मेदवार उठाउनु पर्ने,छार्काताङ्सोङ् गाउँपालिकामा बन्न लागेको ३ सय २८ मेघावाटको भारबुङ–तातुखोला जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्नुपर्ने लगायतका माग राखिएको भोटेले बताए ।

शे–फोक्सुण्डो,डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका रहेको समेटिएको उपल्लो डोल्पा धार्मिक,साँस्कृतिक ऐतिहाँसिक एवम् प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएकाले आगामी संसदबाट ‘डोल्पो सम्भयता विकास विधेयक’ पास गर्न समेत माग राखेका छन् ।



तपाईको प्रतिक्रिया