रामचन्द्र न्यौपाने,
डोल्पा । नेपाली कम्युनिष्ट पार्टी डोल्पाका उम्मेदवार धन बहादुर बुढाले १२ पानाको प्रतिवद्धता पत्र सार्वजानिक गरेका छन् ।
सोमबार जिल्ला सदरमुकाम दुनैमा पत्रकारहरुसँग भेटघाट गर्दै बुढाले समृद्ध जिल्ला निर्माण गर्ने आधार सहितको प्रतिवद्धता पत्र सार्वजानिक गरेका हुन् ।
प्रतिवद्धता पत्रमा आफ्नो राजनितिक पृष्ठभुमि सहितको विगतमा गरिएका उपलब्धिहरु समेत सार्वजानिक गरिएको छ ।
औपचारिक रुपमै सार्वजानिक गरिएको पतिवद्धता पत्रमा सडक पुर्वाधार तर्फ भेरी करिडोर कालोपत्रे,ल्यासीक्यास सिसौल सडक सेनालाई दिन पहल गर्ने,डोल्पालाई दुई ठाउँबाट मध्ये पहाडी लोकमार्गले जोड्न पहल गर्ने,डोल्पा जुम्ला सडकको स्तरउन्नती गर्न पहल गर्ने लगायतका प्रतिवद्धता छन् ।
स्वास्थ्य र शिक्षा तर्फ जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने,माथिल्लो र तल्लो डोल्पामा दुई वटा अस्पताल निर्माण गर्ने,डोल्पो क्याम्पसलाई आंगिक बनाउने,लिकु संयुक्त क्याम्पसलाई स्तरउन्नती गर्ने लगायतका रहेका छन् ।
उर्जा र कृषिमा ३ सय २८ मेघावाटको जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्न पहल गर्ने,जिल्लाको कुना कुनासम्म विद्युतिकरण गर्न पहल गर्ने,रैथाने बाली प्रवर्दनमा पहल गर्ने,ठाउँ ठाउँमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लगायतका रहेका छन् ।
पर्यटन तर्फ डोल्पालाई शुन्य प्रदुषण तथा इको जोन घोषण गर्न पहल गर्ने,डोल्पामा साहसिक पर्यटनको सम्भावना खोजी गर्न पहल गर्ने,फोक्सुण्डो ताल वरीपोरि साइकल सर्किट निर्माण गर्न पहल गर्ने लगायतका रहेका छन् ।
खेलकुद तर्फ एक पालिका एक खेलकुद मैदान निर्माण गर्न पहल गर्ने,उपल्लो डोल्पामा हाइ अल्टिच्युड स्टेडिएम बनाउन पहल गर्ने लगाएतका रहेका छन् ।
त्यसैगरि उपल्लो डोल्पाका धार्मिक तथा सास्कृतिक सम्पदालाई विश्व सम्पदा सुचीमा राख्न पहल गर्ने,पुर्ण इन्टरनेट युक्त डोल्पा बनाउन पहल गर्ने,डोल्पालाई चलचित्र छायाङ्कनको हव बनाउने,त्रिपुरासुन्दरी मन्दिरलाई विशेष धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने,भेरी नदीबाट पानी तानेर नाङ्गा डाँडापाखा हरियाली बनाउने लगायतका रहेका छन् ।
त्यसैगरि डोल्पा सभ्यता संरक्षण विधेयक निर्माण गर्न पहल गर्ने,उपल्लो डोल्पालाई छुट्टै निर्वाचन क्षेत्र कायम गर्न पहल गर्ने,निकुञ्ज क्षेत्रमा कानुनी तवरबाट विकास निर्माणका कार्य अघि बडाउन पहल गर्ने,डोल्पो पुस्तकालय स्थापना गर्न पहल गर्ने लगायतका रहेका छन् ।
यसैगरि चौथो कार्यकालाकालागि चुनाव लडेका बुढाले तीन कार्यकालमा संविधान निर्माण गर्न सक्रिय भुमिका निभाएको,डोल्पाका सबैजसो बस्तीमा सडक निर्माण गर्न पहल गरेको,डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न पहल गरेको
बताएका छन् ।
त्यसै गरि अर्वौ बजेट हालेर दुनै बचाउ कार्यक्रम सफल पारेको,रंगशाला निर्माण,मोतीपुर देखि जुफाल,त्रिपुराकोट बजार देखि मन्दिरसम्म कालोपत्रे,पहाडा स्थित मसिनेचौर विमानस्थल निर्माण लगायतका काम गरेको उनले बताए ।






नेपाल ईन्फम । २०८२ फाल्गुन ४ गते सोमवार