डाेल्पा | हिमाली जिल्ला डाेल्पाकाे दुनैमा सञ्चालन गरिएको नमुना मतदान कार्यक्रममा बालेन शाह हाइहाईकाे नारा लागेकाे छ ।
आसन्न फागुुन २१ मा ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष,मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न पुर्व अभ्यास स्वरुप गरिएको नमुना मतदान कार्यक्रममा बालेन शाह हाइहाईकाे नारा लागेकाे हाे ।
शाह राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत हुन् ।
मंगलबार दिउसो नमुना मतदान अभ्यास कार्यक्रम हेर्न जम्मा भएका सर्वसाधारणलाई पुर्व निर्धारित याेजना अनुसार एउटा कुनै बहानामा मतदानस्थलमा धाँधली गर्न लगाइएको थियाे ।
उनिहरुले सुरुमै बालेन शाह हाइहाई भनेर नाराजुलुस गरेका थिए । सुरक्षाकर्मीले त्याे बिवादकाे स्थितिलाई नियन्त्रणमा लिएर देखाएको थियाे ।
मुख्य निर्वाचन अधिकृत चन्द्रदेब भारतीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी जुनु ढकालकाे विशिष्ट आथित्यता भएकाे नमुना मतदान अभ्यासमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएकाे थियाे ।
नमुना मतदान कार्यक्रममा सहभागी सर्वसाधारणले लाइनमा बसेर पालैपालो मतदान समेत गरेका थिए ।
यससँगै मतदानस्थलमा आइपर्नसक्ने तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन पहिलाे घेरमा नेपाली सेना,दाेस्राे घेरामा सशस्त्र प्रहरी र तेस्राे घेरामा नेपाल प्रहरी रहेर नमुना अभ्यास समेत गरेकाे थियाे ।
नमुना मतदान अभ्यास सम्पूर्ण प्रक्रिया,मतदाता प्रवेशदेखि मत खसाल्ने तरिकासम्म व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो।
मतदान केन्द्रमा हुन सक्ने भिड नियन्त्रण,अनुचित गतिविधि तथा सम्भावित धाधली रोकथामका उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना क्रियाकलाप प्रस्तुत गरिएको बताइएको छ ।





नेपाल ईन्फम । २०८२ माघ २१ गते मङ्गलवार