रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डाेल्पामा रहेको जुफाल विमानस्थलमा सीता एयरकाे परिक्षण उडान सफल भएको छ ।
शनिबार बिहान नेपालगन्ज देखि उडेकाे सीता एयरकाे जहाजले सफल अवतरण गरेको हाे ।
डाेल्पामाकाे जुफाल विमानस्थलमा सीता एयरकाे जहाजले परिक्षण उडान गर्नुका साथै सफल अवतरण गरेकाे जुफाल स्टेसन प्रमुख मुकुन्द पाैडेलले जानकारी दिए ।
एयरलाइन्सले अबकाे एकसाता भित्र नियमित उडान सुरु गर्ने उनकाे भनाइ छ ।
अब एयरलाइन्सले यात्रु अाेसारपार तथा सामान ढुवानीकालागि सेवा दिने बताइएको छ ।





नेपाल ईन्फम । २०८१ असार १५ गते शनिवार