रामचन्द्र न्यौपाने,
डोल्पा १४ असार : डोल्पाको एक सरकारी कार्यालयको वेभसाइटमा त्रुटी भेटिएको छ ।
जिल्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयको वेभसाइटमा त्रुटी भेटिएको हो ।
वेभसाइटमा कार्यालय प्रमुखको फोटोमा पुर्व कार्यालय प्रमुख चन्द्रलाल धरालाको फोटो राखिएको छ भने नाम चाहिँ बहालवाला कार्यालय प्रमुख जर बहादुर भक्रीको राखिएको छ ।
धराला गत स्थानीय तहको चुनावहुनु भन्दा अघिनै राजिनामा दिएर त्रिपुरासुन्दरी नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेद्धार बनेका थिए ।तर,कार्यालयको वेभसाइटमा अहिलेसम्म पनि उनकै फोटो प्रमुखको रुपमा राखिएको छ ।
यस कार्यालयको सुचना लगायतका सम्पुर्ण गतिविधि सार्वजानिक गरिने वेभसाइ सहजै खुल्दै खुल्दैन् ।
खुलेपनि भित्र राखिएको कार्यालय प्रमुखको फोटोमै त्रुटी भएपछि सेवाग्राही अलमलमा पर्ने गरेकाछन् ।
कार्यालयबाट सम्पादनहुने सम्पुर्ण सेवा सुविधालाइ सेवाग्राही जनताहरुमाझ सिधै लैजानकालागि वेभसाइट बनाइएको हुन्छ तर वेभसाइट पनि सहजै नखुल्ने र खुलेपनि वेभसाइटमा राखिएका कार्यालय प्रमुख र कार्यालयामा प्रत्यक्ष भेटिएका बहालवाला कार्यालय प्रमुखसँग फोटो नमिल्दा सेवाग्राही समेत झुकिने गरेका छन् ।
यस कार्यालयबाट सेवा लिने लाभग्राही सबै विज्ञ नहुने भएकाले कार्यालय वेभसाइट भएपछि त्यसमा सहज पहुचँ का साथै त्रुटीपुर्ण जानकारी राख्न नहुने एक सेवाग्राहीले नाम नखुलाउने शर्तमा बताए ।
कित वेभसाइटनै बन्द गर्नुपर्ने नभए तुरुन्त सच्याउनु पर्ने उनको धारणा छ ।
जिल्लाकै कृषि विकास कार्यालयकाे भने वेभसाइटनै छैन् ।





नेपाल ईन्फम । २०८१ असार १४ गते शुक्रवार