सशस्त्र प्रहरीको नेतृत्वमा सुलिगार्ड खोलाबाट निकालियो अड्किएको शव

रामचन्द्र न्यौपाने,
हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्का स्थित सुलिगार्ड खोलाको खोंचमा अड्किएको शव सोमबार निकालिएको छ।
आइतबारदेखि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको शव साेमबार सशस्त्र प्रहरी बलको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा सोमबार निकालिएको हो।
जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार निकालिएको शव सुर्खेत जिल्ला बराहताल गाउँपालिका ६ का ४५ बर्षिय बिष्णु विककाे रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार खोलाको गहिरो खोंच, तीव्र बहाव र चिसो पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।
आइतबार बिहान अज्ञात व्यक्तिको शव खोलामा रहेको सूचना प्राप्त भएपछि सदरमुकाम दुनैबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको थियो।
सोमबार प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, प्रहरी नायव उपरीक्षक अनिलराज गिरी तथा सशस्त्र प्रहरी बलका डिएसपी दीपकराज भट्टसहितको टोली घटनास्थल पुगेपछि उद्धार कार्यलाई तीव्रता दिइएको थियो। सशस्त्र प्रहरीको नेतृत्वमा गरिएको प्रयासपछि शव सुरक्षित रूपमा खोलाबाट निकाल्न सफल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।
दुर्गम भूगोल र जोखिमपूर्ण अवस्थाबीच गरिएको उद्धार कार्यमा सुरक्षाकर्मीले विशेष सावधानी अपनाएका थिए।
प्रहरीका अनुसार मृतक विक रिग्माे बस्ती बिकास कार्यक्रममा कामगर्ने कामदार रहेकाे र उनी यहि महिनाकाे ६ गते देखि हराइरहेका थिए ।



तपाईको प्रतिक्रिया