बजेट

शिक्षा,स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिँदै मुड्केचुलाले ल्यायाे ४० करोड भन्दा धेरैको बजेट

रामचन्द्र न्यौपाने,
डाेल्पा । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ४० लाख ४० हजार ४ सय ४० रुपैयाँको बजेट पारित गरेको छ।
गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष दुधा रोकायाले प्रस्तुत गरेको बजेट सोमबार पारित भएको हो।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सुशासनलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए।
उनका अनुसार आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेट आवश्यकता र समानुपातिक विकासलाई आधार बनाएर विनियोजन गरिएको छ।
‘हामी दोस्रो कार्यकालको अन्तिम वर्षमा छौं। बजेट निर्माणका क्रममा कुनै पनि क्षेत्र वा बस्तीलाई विभेद गरिएको छैन,’ अध्यक्ष शाहीले भने, ‘स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम समेटिएका छन्।’
संघीय कानुनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने व्यवस्था रहेपनि केही प्राविधिक कारणले गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेको जनाएको छ।
त्यसपछि असार १५ गते गाउँसभामा बजेट पेश गरी पारित गरिएको अध्यक्ष शाहीले जानकारी दिए।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य पूर्वाधार निर्माण र सुशासन प्रवर्द्धनका कार्यक्रम कार्यान्वयनमा केन्द्रित रहनेछ।

तस्बिरहरू ,



तपाईको प्रतिक्रिया