बजेट

डोल्पाका स्थानीय तहले ल्याए बजेट : जगदुल्लामा गरियो संसदीय अभ्यास

रामचन्द्र न्यौपाने,
डोल्पा ११ असार : हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुले आर्थिक बर्ष ०८१÷०८२ का लागि बार्षिक बजेट ल्याएका छन् ।
आठ स्थानीय तह रहेको डोल्पाका सबै स्थानीय तहले बजेट ल्याएकाहुन् ।
संबैधानिक ब्यवस्था अनुसार असार १० गते भित्र स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने ब्यवस्था छ ।
त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाले पनि बजेट ल्याएकाछन् ।त्यसैगरी जगदुल्ला,मुड्केचुला,काइके,डोल्पोबुद्ध,शे–फोक्सुण्डो र छार्काताङसोङ् गाउँपालिकाले पनि नयाँ बजेट ल्याइसकेकाछन् ।
यता जगदुल्ला गाउँपालिकामा भने संसदिय अभ्यासबाट नयाँ बजेट ल्याएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले जानकारी दिए ।
डोल्पाका स्थानीय तहको आन्तरिक स्रोत नहुँदा प्रत्येक बर्ष संघ र प्रदेश सरकारले पठाएको अनुदान कुनुपर्ने बाध्यता भएको जनप्रतिनिधिहरु बताउँछन् ।
जिल्लाका कतिपय स्थानीय तहहरुमा भएको आन्तरिक स्रोत समेत बैज्ञानिक ब्यवस्थापन गर्न नसक्दा संघ र प्रदेश सरकारमै परनिर्भभर हुनु परेको हो ।
त्यतिमात्र नभइ माथिबाट आउने विकास खर्च कटौती गरेर करारमा नियुक्ति गरिएका कर्मचारीलाइ तलब भत्ता खुवाउँदा जनताको विकासमा बाधा पुगेको सरोकारवाला बताउँछन् ।

 



तपाईको प्रतिक्रिया