रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डाेल्पाकाे ठुलिभेरी नगरपालिकाले ७८ लाख बराबरका सामाग्रीहरु वितरण गरेको छ ।
नगरपालिका भित्रका २६ वटा बिद्यालयमा कम्प्युटर,प्रिन्टर,साेलार सिस्टम,एलइडी स्मार्ट टिभि लगायतका सामाग्रीहरु वितरण गरिएको हाे ।
बिद्यालयलाइ सुचना प्रविधिमैत्री बनाउन तथा शैक्षिक गुणस्तर बृद्वि गर्न उक्त सामग्रीहरु वितरण गरिएको नगर प्रमुख सुवर्ण बुढाले जानकारी दिए ।
आजकाे दुनियाँमा परम्परागत ढंगकाे पठनपाठनले काम नदिने भएकाले वर्तमान परिवेश सुहाउँदो शिक्षा दिन सुचना प्रविधिकाे प्रयोगमा नगरपालिकाले झन्डै एक करोड लगानी गरेकाले बिद्यालयले सहि सदुपयोग गर्नुपर्ने उनकाे भनाइ छ ।
बिद्यालयमा आवश्यक सामग्रीहरु निशुल्क पाएपछि बिद्यालयका प्रधानाध्यापकहरुले नगरपालिकालाई धन्यवाद सहित खुशी व्यक्त गरे ।
सामग्री वितरण कार्यक्रममा नगर प्रमुख,उप प्रमुख,प्रशासकीय अधिकृत सहित वडाध्यक्ष र कर्मचारीकाे उपस्थिति रहेको थियाे ।





नेपाल ईन्फम । २०८१ असार ११ गते मङ्गलवार