रामचन्द्र न्यौपाने,
डोल्पा १० असार : आफु उच्च ओहोदामा पुगिसकेपछि राज्यकोषबाट पर्याप्त सेवा सुविधा लिन खोज्ने जनप्रतिधिहरु कर्मचारी धेरैनै हुन्छन् ।
त्यसमा पनि स्थानीय तहका प्रमुखहरुले आफ्नो सेवा सुविधाकालागि विकास बजेटनै कटौटी गरेर महंगा गाडी किन्ने गरेको प्रसस्तै उदाहारणहरु छन् ।तर,डोल्पाको ठुलिभेरी नगरपालिकाका मेयर सुवर्ण बुढाले स्कारपियो किन्ने योजना लत्याएर नगरबस किन्ने निर्णय गरेकाछन् ।नगर बस किन्नकालागि ५० लाख छुट्टयाइएको छ ।
नगरपालिका भित्रका वडाध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले स्कारपियो किन्न सुझाव दिएपनि नगरप्रमुख बुढाले सिधै अस्विकार गरेकाहुन् ।
सबै साथीहरुबाट गाडी किन्न भनेपनि आफुले नमानेको नगर प्रमुख बुढाले बताए ।
‘नगरबासीको सुविधाकालागि नयाँ बजेटबाट नगरबस किनेर सञ्चालमा ल्याउने निर्णय भएको छ,व्यक्तिगत सुविधा भन्दा पनि नगरबासीको सुविधा प्रमुख हो,त्यसैले पनि स्कारपियोको सट्टा नगरबस किन्ने निर्णय गरिएको हो’ बुढाले भने ।
‘यो निर्णय जिल्लाका कुनै पनि स्थानीय तहले गरेका छैनन्,नगरबस ल्याएपनि पहिलो चरणमा जुफाल दुनै सञ्चालमा ल्याइने छ,बिस्तारै अर्को गाडीको व्यवस्थापन गरेर ताली देखि जुफालसम्म सञ्चालनमा ल्याइने छ’ उनले थपे ।
ठुलिभेरी नगरपालिकाले आजमात्रै कुल ४८ करोड २ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ ।जसमा चालु तर्फ २९ करोड ८५ लाख ३४ हजार बजेट छुट्याइएको छ भने पुँजीगत तर्फ १८ करोड १७ लाख १४ हजार बजेट रहेको छ ।
बजेटमा शिक्षा,स्वास्थ्य,कृषि र यातायात क्षेत्रलाइ प्राथामिकता दिइएको बताइएको छ ।





नेपाल ईन्फम । २०८१ असार १० गते सोमवार