रामचन्द्र न्यौपाने,
डोल्पा । नेपाली काँङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले डोल्पालाई अन्तराष्ट्रिय गन्तव्य बनाउन सकिने बताएका छन् ।
शनिवार ठुलिभेरी नगरपालिकाको केन्द्र जुफालमा आयोजित चुनावी सभालाई सम्वोधन गर्न पुगेका शर्माले यस्तो बताएका हुन् ।
हिमाली बहुमुल्य जडीबुटी,मठमन्दिर,फोक्सुण्डो ताल जस्ता सम्पदाले डोल्पा भरिपुर्ण भएकै कारण अर्न्तराष्ट्रिय गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।
डोल्पा पर्यटकीय हिसावमा अत्यन्तै सुन्दर गन्तव्य भएकाले युरोप जाँदा स्विजरल्याण्डलाई सम्झिए जस्तै डोल्पा आउँदा दक्षिण एसिया आउँदा डोल्पालाई सम्झिने बनाउन सकिने बताए ।
‘भ्रष्टाचारमुक्त शासन ब्यवस्था काँङ्ग्रेसको संकल्प भएकाले पहिला आफ्नै नेताहरुको सम्पती छानवीन सुरु गर्छ । त्यसपछिमात्र अरुपमा जान्छौ । गगन थापा प्रधानमन्त्री भएपछि देशलाई समावेशी र पारदर्शी ढंगबाट अघि बडाउँछौ’ नेता शर्माले भने ।
तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा दश बर्षे जनयुक्तलाई रोकेर शान्ति प्रक्रियामा ल्याइएको बताउँदै त्यसपछि नेपालमा शिक्षा,स्वास्थ्य,सञ्चार,सडक,विद्युत लगाएतको क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।
कुनैपनी दल काँङ्ग्रेको दुस्मन नभएकाले सबैसँग सहकार्य गरेर अघि बड्नुका साथै काँङ्ग्रेस काममा विश्वास गर्ने समेत उनको भनाइ थियो ।
सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार कर्ण बुढाले आफ्नो उम्मेदवारी भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको अभियान भएको बताए।
उनले डोल्पाको समुन्नत विकास र सुशासनका लागि अत्यधिक मतसहित विजयी गराउन मतदातासँग आग्रह गरे।
डोल्पाका कार्यवाहक सभापति लबकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका नेता–कार्यकर्ता र मतदाताको उल्लेख्य सहभागिता रहेको थियाे ।
थप तस्बिरहरु






नेपाल ईन्फम । २०८२ फाल्गुन १६ गते शनिवार