रामचन्द्र न्याैपाने,
डाेल्पा । जिल्ला अस्पताल डाेल्पामा कार्यरत फार्मासिष्ट कृष्ण नन्दन मेहता र मनिषा मेहता दम्पतीले त्रिपुरासुन्दरी नगरपालिका १ मा अवस्थित प्रशिद्व शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा आवश्यक सामाग्री सहयोग गरेका छन् ।
अस्पतालमा कार्यरत डाक्टर नवीन शाही सहित शनिवार बिहान मन्दिरमै पुगरे मेहताले सामाग्रीहरु गाउँका मुखिया टिकादत्त न्याैपाने मार्फत पुजारीलाई हस्तान्तरण गरेका हुन् ।
जसमा ब्लाङकेट ३ थान,स्टिल कप १५ थान,रातो चप्पल १२ जोडा,गिलो अगरबती २४ प्याकेट,मन्दिरको स्थापना, शक्ति, सेरोफेरो,भक्तजनको आस्था,बनावट र सजावट समेटिएको कविता फ्रेम १ थान सहयोग गरेका हुन् ।

सहयोग प्राप्त भएपछि पुजारीहरुले मेहतालाई धन्यवाद समेत दिएका छन् ।
खप्तड स्वामीले शिद्वि प्राप्त गरेकाे नेपालमै प्रशिद्व शक्तिपीठमा सानाे भएपनि सहयोग गर्न पाउँदा मन प्रफुल्ल भएकाे समेत उनले बताए ।
श्रद्धा,आस्था र भक्तिमा विश्वास गर्ने मेहता अस्पतालमा आउने दुखि गरिबलाई समेत सकेसम्म सहयोग गर्दै आएका छन् ।
तीन बर्ष देखि डाेल्पामा कार्यरत उनी कुशल कविता लेखक र बाचक पनि हुन् ।





नेपाल ईन्फम । २०८२ फाल्गुन १६ गते शनिवार