डाेल्पामा पर्यटन,व्यापार तथा साँस्कृतिक महाेत्सव हुँदै

रामचन्द्र न्याैपाने,
डाेल्पा | हिमाली जिल्ला डाेल्पामा पर्यटन,व्यापार तथा साँस्कृतिक महाेत्सव आयाेजना हुने भएको छ ।
डाेल्पाली युवाहरूको आयाेजनामा दुनैमत हुन लागेको महाेत्सव श्रावण ३ गते देखि १८ गतेसम्म सञ्चालन हुने संयाेजक कमल बुढाले जानकारी दिए ।
महाेत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति दिने बताइएको छ ।
महाेत्सवले डाेल्पाकाे धार्मिक,साँस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्दै प्रचारप्रसार गर्ने अपेक्षा गरिएको आयाेजकले जनाएको छ ।
डाेल्पामा पहिलोपटक युवा व्यवसायी मिलेर आयोजना गरिएको महाेत्सवमा नायक पल शाह,प्रकाश सपूत,करण परियार,पशुपति शर्मा,राजु परियार लगायतका दर्जन धेरै राष्ट्रिय कलाकारकाे प्रस्तुति रहेकोे छ ।
त्यसैगरी डाेल्पाली माटाेले जन्माएको चर्चित कलाकार लक्ष्मण देबकाेटा,वसन्त उदास,काजल शाही,चमक डाेल्पाली,किस्मत शाही, लगायतको पनि प्रस्तुति रहने बताइएकाे छ ।
कार्यक्रमकाे सरंक्षककाे रुपमा ठुलिभेरी नगरपालिका रहेकाे छ भने मिडिया पाटर्नर इमान्दार खबर डटकम रहेकाे छ ।



तपाईको प्रतिक्रिया