रामचन्द्र न्यौपाने,
डोल्पा ३० असार : हिमाली जिल्ला डोल्पामा बर्षौ देखि फोहोरमैलाले कुरुप भएको बिरेन्द्र चोकले मुहार फेरेको छ ।
जिल्ला सदरमुकाम दुनैमा स्थित जिर्ण अवस्थामा रहेको बिरेन्द्र चोकको मर्मत गरेसँगै चोकले मुहार फेरेको हो ।
तत्कालिन ०६२÷६३ को जनआन्दोलन पश्चात अब्यबस्थित सँगै बेवारीसे बनेको चोक र स्वर्गीय राजा बिरेन्द्रको सालिकको ठुलिभेरी नगरपालिकाले जिर्णोद्धार गरेर चिटिक्क बनाएको हो ।
चोकलाई सफा र आकर्षक बनाउन रंगरोबन समेत गरिएको छ ।
बिच बजारमा रहेको दुनैको एकमात्र बिरेन्द्र चोक कुरुप भएर बजारको सो हराउन थालेपछि नगरपालिकाको बजेटबाट मर्मत सम्भार गरिएको नगर प्रमुख सुवर्ण बुढाले बताए ।
चोक चौतारा जोगाउनु स्थानीय सरकारको कर्तव्य भएकाले यसकालागि सुरुमा पाँच लाख बजेट छुट्याइएको र त्यसले पुग्ने नदेखिएपछि प्राविधकको मुल्याङ्कन अनुसार थप बजेट दिने सल्लाह भएको उनको भनाइ छ ।
चोकको जिर्णोद्धार भएसँगै स्थानीयले नगरपालिकालाई धन्यवाद समेत दिएकाछन् ।





नेपाल ईन्फम । २०८१ असार ३० गते आइतवार