रामचन्द्र न्याैपाने,
काठमाडौ | अन्जु अधिकारीको अभिनय रहेको तिज गीतको भिडियो “नाच माया चट्टै ” सार्बजनिक भएको छ। गायिका सुमित्रा कोइरालाको आवाज रहेको भिडियो अन्जु अधिकारीको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायिका सुमित्रा कोइरालाकै शब्द सङ्गीत रहेको गीतको भिडियो सुशील चालिसेले निर्देशन गरेका हुन । सुप्रीम थापा मगर र ग्यानोन श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन तथा रङ्ग संयोजन पदम सुबेदीले गरेका हुन ।
एक दशक देखि अस्ट्रेलियामा व्यस्त जिबन ब्यतित गर्दै आएकी अन्जु अधिकारिले यस अगाडि जोगि बनायौ , जिद्दी छ मन , त्रिशुलीको तिरैमा ,एक दुई तीन चार पांच , वर मागेकी छु , भिरको बाटो लगाएतका गीतमा अन्जुको अभिनय गरिसकेकी छन । आफु परदेशमा रहंदै आएता पनि नेपाली कला , गीत सङ्गीत र सस्कृति मा आफुले निरन्तरता दिदैं सक्दो योगदान पुर्याउने उनको योजना छ ।
भिडियोकाे लिंक तल छ हेर्नुहाेस





नेपाल ईन्फम । २०८१ साउन १ गते मङ्गलवार