डाेल्पाका चार बिद्यालयमा सेनिटरी प्याड भेण्डिङ्ग मेसिन वितरण

रामचन्द्र न्याैपाने,
डाेल्पा । डाेल्पाकाे ठूलीभेरी नगरपालिकाले ४ वटा माध्यामिक विद्यालयमा सेनेटरी प्याड भेण्डिङ्ग मेसिन वितरण गरेको छ ।
नगर प्रमुख स्ववर्ण बुढा र नि. प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले स्कूलमा गएर सामान वितरण गरेका हुन् ।

अध्ययनरत छात्राहरुको मैनावारी व्यवस्थित गर्ने मूल उद्देश्यका साथ सो मेसि वितरण गरिएको हो ।
नगरपालिकाले नगर भित्र रहेका श्री आदर्श माध्यामिक विद्यायलय जुफाल, विद्यामन्दिर मा.वि. माझफाल, लक्ष्मी मा.वि. थरगाउँ, सरस्वती मा.वि. जुफालमा सेनेटरी प्याड भेण्डिङ्ग मेसिन वितरण गरिएको छ ।



तपाईको प्रतिक्रिया