‘फोक्सुण्डो ट्रेल’मा थुप्रिएको फोहोर एक्लै उठाउने डाेल्पाली युवालाई वन मन्त्रालयकाे सम्मान

डोल्पा । क्षेत्रफलका हिसाबले नेपालकै ठुलो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने ‘फोक्सुण्डो ट्रेल’बाट एक्लै फोहोर उठाउने अभियान चलाएका डाेल्पाली युवा सम्मानित भएका छन् ।
जिल्लाको ठुलिभेरी नगरपालिका ८ का युवा सुवर्ण डाँगी संघिय सरकारकाे वन तथा वातावरण मन्त्रालयद्वारा आज सम्मानित भएका हुन् ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक ‘फोक्सुण्डो ट्रेल’ मा मानवद्वारा सिर्जित फाेहाेर ब्यवस्थापन गरि सरसफाइमा गरेकाे भन्दै डाँगीलाई वन तथा वातावरण मन्त्री माधव प्रसाद चाैलागाँईले सम्मान गरेका हुन् ।
सरसफाइ अभियान्ता डाँगीकाे यस कार्यले पर्यावरण संरक्षणमा नागरिकको कर्तव्यबोध गराएकाे समेत सम्मान पत्रमा उल्लेख गरिएको छ ।
डाँगीले सुलिगार्ड देखि फोक्सुण्डो तालसम्म पर्ने ‘फोक्सुण्डो ट्रेल’मा थुप्रिएको फोहोर सरसफाई गर्न एकल अभियान चलाएका थिए ।
एक दशक देखि ट्रेकिङ् गाइडमा सक्रिया डाँगीले सो ट्रेलबाट एक सातामा एक टन भन्दा धेरै फोहोर संकलन गरेेर निकुञ्जलाई हस्तान्तरण गरेका थिए ।
हाम्रो सम्पदा हामि आफै सफा राखौँ भन्ने नाराका साथ आफु एक्लै अभियानमा जुटेका थिए ।
नेपाल यसै पनि विश्वको सुन्दर मुलुक भित्र पर्ने भएकाले नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने यिनै पर्यटकीय सम्पदा भएकाले यिनलाई स्वच्छ एवम् सफासुग्गर राख्न सम्बन्धित पक्ष धेरै जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।

 



तपाईको प्रतिक्रिया