रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत त्रिपुराकोटमा यौन तथा प्रजनन स्वास्थ्य मेला सञ्चालन गरिएको छ ।
बिद्यालय,स्वास्थ्य संस्था लगायतका सार्वजानिक स्थानहरुमा किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न मेला सञ्चालन गरिएको हो ।
त्यतिमात्र नभई किशोर किशोरी,महिला पुरुषले सुरक्षित, सम्मानजनक र समान रुपमा स्वास्थ्य सेवामा पहुँच पाउनु पर्छ भन्ने उदेश्यका साथ मेलाको आयोजना गरिएको बताइएको छ ।
यस सँगै छुवाछुत,हिंसामुक्त र भेदभाव रहित समाज निर्माणगर्नु मेलाको प्रमुख उदेश्य भएको आयोजक समाज जागरण केन्द्र डोल्पाले जनाउको छ ।
कार्यक्रममा नगरपालिकाका दुई दर्जन भन्दा धेरै आधारभुत र माध्यामिक बिद्यालयबाट बिद्यार्थी तथा शिक्षकहरु सहभागी भएका थिए ।
गाउँघरमा रहेका विभिन्न महिला समुह,स्वास्थ्य स्यमंसेवीकाहरुको समेत उपस्थित रहेको थियो ।
मेलामा बाल बिवाह,महिला हिंसा,छुवाछुत लगायतका कुप्रथालाई अन्त्य गर्न प्रोत्साहन गर्ने सडक नाटक,गित कबिता,नृत्य लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।





नेपाल ईन्फम । २०८२ भाद्र २४ गते मङ्गलवार