जनसेवामा नेपाली सेना

नेपाली सेनाद्वारा कागवेनीमा चेन्जिङ्ग रुम सहितको श्राद्वस्थल ट्रस्ट निर्माण

रामचन्द्र न्याैपाने,
काठमाडौ | नेपाली सेनाले प्रशिद्व धार्मिक क्षेत्र मुस्ताङको कागवेनीमा चेन्जिङ्ग रुम सहितको श्राद्वस्थल ट्रस्ट निर्माण गरेकाे छ ।


शीघ्र प्रवाही योजना (Quick Impact Project) अन्तर्गत  जिल्लाको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं. 4 कागवेनी परिसरमा निर्माण गरेको हाे ।
समुन्द्र सतहदेखि २ हजार ८ सय मीटर  उचाइमा रहेको कागवेनी परिसर स्नान तर्पण तथा श्राद्बकर्मका लागी महत्वपुर्ण क्षेत्र हो।
यस कागवेनी श्राद्बस्थल परिसरमा आउने श्रद्बालु भक्तजनहरुलाई विशेषगरी दिवङ्गत पितृहरु प्रति तर्पण, श्राद्धकर्म र कपडा परिवर्तन गर्न सहज होस भन्ने ‍उद्बेश्यले यस “कागवेनी श्राद्बस्थल ट्रस्टघर” को निर्माण गरिएको बताइएको छ ।
यस बहुउपयोगी नवनिर्मित संरचनामा कपडा परिवर्तन गर्ने कोठा साथै श्राद्धकर्म गर्ने स्थान लगायतका संरचनाहरु रहेका छन ।
उक्त नव निर्मित कागवेनी श्राद्बस्थल ट्रस्टघर उद्घघाटन श्री पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री मधुकर सिंह कार्कीले  गत बुधबार गरेका थिए ।
नव निर्मित भवन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रेङजीन नामगेल गुरुङ् र कागवेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गुरुङ्गलाई विधिवत रुपमा हस्तान्तरण गरिएको छ ।  
यसकालागि   श्री पश्चिम पृतना हे.क्वा.बाट रु.९,८५,०००।- र नेपाली सेनाको श्रमदान वापत करिब रु.८,५७,०००।- गरी कुल जम्मा रकम रु.१८,४२,००००।- लागतमा निर्माण कार्य सम्पन्न भएको श्री नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवालले जानकारी दिए ।


यससँगै  जनशान्ती माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरी करिव रु. ५०,०००।- रकम बराबरको शैक्षिक, खेलकुद तथा खाद्यान्न सामाग्रीहरु वितरण गरिएको थियाे ।



तपाईको प्रतिक्रिया