संविधान संशाेधन गरेर कार्यकारी राष्ट्रपतिकाे ब्यवस्था गराैँ : सांसद सापकोटा

डोल्पा । नेकपा माओवादी केन्द्रका सांसद माधब सापकोटाले कार्यकारी राष्ट्रपतिकालागि संविधान संशाेधन गर्नुपर्ने बताएकाछन् ।
शनिवार नेकपा माओवादी केन्द्रको त्रिपुरासुन्दरी नगरपालिको नगरकमीटीद्धारा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले यसो भनेकाहुन्।
‘संविधाननै संशाेधननै गर्ने भए कार्यकारी राष्ट्रिपतिकालागि गरौँ,राष्ट्रपति नभए प्रधानमन्त्रीकालागि गरौँ,एक पटक निर्वाचित कार्यकारी राष्ट्रपति भए पाँच बर्ष ढुक्कले कामगर्न पाउँछ,सबै दललाई आग्रह छ ’सापकोटाले भने ।
‘संविधान विपरित काम गरेमा महाअभियोग लगाउँ,सांसदले मन्त्री बन्न नपाउने ब्यबस्था गरौँ,विज्ञबाट मन्त्री बनाउने कानुन बनाउँ,यसो गरे चुनावमा मन्त्री बन्नकैलागि करोडाँै खर्च गर्ने खेलोमेलो बन्दहुन्छ,सरकार पनि स्थिर बन्छ,जसले देश समृद्धि बन्छ,यसमा माओवादी सधै तयार छ ।’
‘हामिबाट कुनै कमिकमजोरी भए डोल्पाबासीले पक्कै माफि दिनुहुनेछ,आगामि चुनावमा सबै दल एकातीर अर्कोतीर माओवादी भएपनि पहिलो पाटी बन्नेछ’उनले थपे ।
सबै धर्मप्रति माओवादीको उत्तिकै आस्था र सद्भाव रहेको उनको भनाइ थियो । नगर सम्मेलनबाट रञ्जित बुढाकाे अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ ।



तपाईको प्रतिक्रिया