डाेल्पामा ब्यवसायी हिराचनले गरे जिर्ण बिद्यालयकाे छाना फेर्ने घाेषणा

रामचन्द्र न्याैपाने,
डाेल्पा | डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका ९ का स्थानीय अर्जुन हिराचनले व्यक्तिगत रुपमै बिद्यालयकाे छाना फेर्दिने घाेषणा गरेकाछन् ।
साेही वडामा रहेकाे जनप्रिय आधारभूत बिद्यालयकाे छाना जतिखर्च लागेपनि ब्यक्तिगत लगानीमा असार भित्रमा फेर्ने घाेषणा गरेकाहुन् ।
बिद्यालयकाे बार्षिक उत्सव तथा अभिभावक दिवसकाे अवसरमा उनले यस्तो घाेषणा गरेकाहुन् ।
बिस २०४७ सालमा स्थापना भएकाे उक्त बिद्यालयकाे चार काेठामा हालिएको जस्तापाता खियाले जिर्ण भएपछि पठनपाठनमा समस्या छ ।
दुईवटा भवनकाे जस्तापाता जिर्ण भएकै कारण बर्षातयाममा बिद्यार्थीकाे पठनपाठनमा अझ धेरै समस्या हुने गरेकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुपा डाँगीले बताइन् ।
बिद्यालयकाे छानाफेर्न धेरै ठाउँमा पहल गर्दा पनि कसैले सहयोग गरेनन् । अब भने स्थानीय समाजसेवी अर्जुन हिराचनले आफुले ब्यक्तिगत रुपमा फेर्ने घाेषणा गर्नुभएको छ बिब्यस अध्यक्ष डाँगीले भनिन् ।
उहाँकाे याे घाेषणाले बिद्यालय परिवार र स्थानीय समुदायमा धेरै खुशी छाएको उनकाे भनाइ छ ।
आफू जन्मेकाे बिद्यालयकाे अबस्था देख्दा केही गरा‌ै भन्ने भावनाले बिद्यालयकाे छाना फेर्ने घाेषणा गरेकाे हुँ,जति लागत लागेपनि मैले गरेकाे बाचा पूरा गरेरै छाड्छु हिराचनले भने ।
मेराे पढाइ लेखाइ सानैबाट सदरमुकाम दुनैमा भएपनि म जन्मेकाे गाउँकाे बिद्यालय यति जिर्ण भएको हेर्न सकिन्,त्यतिमात्र नभई बिद्यालय भनेकाे गरिब विपन्न बिद्यार्थीकाे शिक्षा आर्जन गर्ने थलाे भएकाले हामी सबैले सक्दाे सहयोग गर्नुपर्छ उनले थपे ।
हाेटल ब्यबसायी संघ डाेल्पाका अध्यक्ष समेत रहेका हिराचन कर्णालीकै सफल हाेटल ब्यवसायी हुन् । उनले दुनैमा हाेटल मरमर समेत सञ्चालन गरेकाछन् । बिद्यालय स्थापनाकालागि उनका परिवारले जग्गा समेत दान गरेकाे छ । बिद्यालयले उनलाई जग्गादाताकाे रुपमा दाेसल्ला र प्रमाणपत्र सहित सम्मान समेत गरेकाे छ ।
उक्त बिद्यालय हाल कक्षा ६ सम्म सञ्चालन भएको छ भने करिब दुई सय बिद्यार्थी अध्ययन गरिरहेकाछन् ।



तपाईको प्रतिक्रिया