रामचन्द्र न्याैपाने,
डाेल्पा | डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा अनुगमन तीब्र पारेकाे छ ।
पालिका भित्र रहेका विद्यालय र स्वास्थ्य चाैकीहरुकाे अनुगमनलाई तीब्र पारेको हाे ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख यामप्रसाद शर्मा गाैतमले पालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक,भाैतिक लगायतका समग्र पक्षकाे अनुगमन भइरहेको बताए ।
शिक्षा क्षेत्रकाे उन्नतीप्रगति र आवश्यक सुधारकालागि बेलाबेलामा अनुगमन छड्के लगायतका कार्यहरु गर्नुपर्ने उनकाे भनाइ छ ।
शाखाले नगरपालिका भित्र रहेको औतारी आधारभूत विद्यालयल सहिलावाडा, देउराली आ.वि ठाँटी, धौलागिरी आ.वि रावतवाडा, जनक आ.वि दागिना, मोतराम आ.वि खालिबन, रामशाह आ.वि बन्तडी , कञ्चनजंघा आ.वि हुम, अमर सिह आ.वि मुहु, कान्जिरोवा आ.वि दापु ,जनप्रभा माध्यमिक विद्यालय मुहु, जनप्रिय आ.वि चु, कस्तुरी आ.वि पहाडा, भगवती आ. वि छल सहित १३ वटा विद्यालयमा शैक्षिक, भौतिक अवस्थाकाे अनुगमन गरिएको बताइएको छ ।
अनुगमनको क्रममा प्रत्येक विद्यालयमा विद्यालयका शिक्षक र प्रधानाध्यापकको अवस्था, विद्यालयहरुको योजना निर्माण र कार्यान्वयन , पठनपाठनको अवस्था , विद्यालयमा देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने न्युनतम पहलकदमी सम्बन्धी सुझावसमेत दिएको छ ।
विद्यालयको गत वर्षको तथ्याङ्क , विद्यार्थीहरूको अवस्था, विद्यार्थी संख्याको तथ्याङ्क समेत संकलन गरिएको छ।
२९ वटा सामुदायिक विद्यालय रहेको पालिकामा अन्य विद्यालयहरूमा समेत चाँडै अनुगमन गरिने शाखाले जनाएको छ ।
त्यसैगरि स्वास्थ्य शाखाले पनि पालिका भित्रका बिद्यालयहरुमा अनुगमन तीब्र पारेकाे छ ।
नगर उपप्रमु देबी घर्तीकाे नेतृत्वमा शाखा प्रमुख थानेश्वर पनेरु सहित अनुगमनलाई तीब्र पारिएको हाे ।
अनुगमनका क्रममा स्वास्थ्यकर्मीकाे नियमितता,माैज्दात अाैषधी,जनगुनासा लगायतका पक्षलाई केलाइएकाे शाखा प्रमुख पनेरुले बताए ।
उनका अनुसार अहिले पालिकाकाे सबै स्वास्थ्य चाैकीहरुमा पर्याप्त अाैषधी माैज्दात रहेकाे छ । आवश्यक परेकाे खन्डमा पालिकाले खरिद गरेर पठाउने उनकाे भनाइ छ ।
लिकु,फुल्चिङ,त्रिपुराकाेट लगायतका स्वास्थ्य चाैकीमा अनुगमन गरिसकिएकाले बाँकी स्वास्थ्य चाैकीहरुकाे अनुगमन पनि लगत्तै गरिने बताइएको छ ।





नेपाल ईन्फम । २०८२ मङ्सिर ५ गते बिहिवार