डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका तीनसय घरधुरी दुई दिन देखि अन्धकारमा रहेको छ ।
छलगार्ड लघु जलविद्युत आयोजनामा प्रयोग भएको मेसिन को बेरिङ् बिग्रेपछि वडा नं १ का करिब तीनसय घरधुरी दुई दिन देखि अन्धकार बस्न बाध्यछन् ।
नगरपालिकाको केन्द्र भएको त्रिपुराकोट बजारमा बत्ती नहुदा सर्वसाधारण खानामा प्रयोग गर्ने तेलको बत्ती बनाएर बाल्न परेको त्रिपुराकोटबासीको गुनासो छ ।
एक्कासी मेसिनको बेरिङ् बिग्रेपछि विद्युत सेवा अवरुद्ध भएको कर्मचारी मोती प्रसाद हमालले जानकारी दिए ।
उनि भन्छन् ‘नयाँ बेरिङ् नफेरुन्जेल बत्ती बाल्न सकिँदैन्,अझै कहिलेसम्म अन्धकारहुने हो थाहा छैन् ।’ उनका अनुसार ‘उक्त सामान बुटवलबाट मगाउनु पर्छ,त्यसकालागि समितिसँग पैसा पनि छैन् ।’
छलगार्ड लघु जलविद्युत आयोजनाका व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बिष्टका भन्छन् ‘समितिको खातामा रकम छैन्,पालिकासँग समन्वय गरिरहेको छु,यस अघि व्यक्तिसँग ऋण निकालेर बिग्रेको सामान ल्याएर बत्ती बालेका थियौँ, पहिलाकै तिरेका छैन्,अब कसलाई भन्नु ।’
जिल्लाकै मुटुको रुपमा रहेको त्रिपुराकोट बजारक्षेत्र समेत अन्धकारमा रहेकाले चोरी डकैतीका घटना बड्नसक्ने प्रहरी चौकी त्रिपुराकोटले चिन्ता व्यक्त गरेको छ ।
विद्युत अवरुद्ध भएको दुई दिन बितिसक्दा समेत नयाँ सामान मगाउनकालागि स्थानीय सरकारले चासो दिएको छैन् ।
आधारभुत आवश्क्ताको रुपमा रहेका विद्युत,पानी,सडक,सञ्चार जस्ता कुराहरुमा तत्काल नजिको सरकारले ध्यानदिनु पर्ने सरोकारवालाको भनाइ छ ।
केन्द्रिय प्रशारणलाइन डोल्पामा पुगेपनि सिमित घरधुरीलेमात्र जोडेको र नियमित पनि नभएकाले यसको दिगो व्यवस्थापनकालागि स्थानीय सरकाले सोच्नुपर्ने उनिहरुको धारणा छ ।
विश्व वन्यजन्तु कोषको सहयोगमा १८ बर्ष अघि निर्माण भएको उक्त जलविद्युत अहिले स्थानीय उपभोक्ता समिति मार्फत चलिरहेको छ ।





नेपाल ईन्फम । २०८२ बैशाख २३ गते मङ्गलवार