रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका २ रल्ली गाउँमा स्थायी घर भएका १४ बर्षिय रबिन बुढामगर ललितपुरबाट बेपत्ता भएका छन् ।
पढाइको सिलसिलामा ललितपुर स्थित सानेपामा बस्दै आएका रबिन हराएको छ दिन भइसक्दा पनि अझै फेला नपरेकाे उनका बुवा राजिमान बुढामगरले जानकारी दिए ।
एक्कासी सम्पर्कविहिन भएका उनलाई कसैले भेटेमा नजिकैको प्रहरी कार्यालय वा ९७४२४६८२९५,९८४८३६६५९३ मा सम्पर्क गरिदिन समेत अनुराेध गरेका छन् ।






नेपाल ईन्फम । २०८२ फाल्गुन ७ गते बिहिवार