रामचन्द्र न्याैपाने,
डाेल्पा । डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने तिनवटा माध्यमिक विद्यालयका छात्राछात्र सँग नगर प्रमुख र उप प्रमुखले संवाद गरेकाछन्
।

विद्यालयमा भएका संरचनागत विकास सँगै किशोर किशोरी मैत्री वातावरण निर्माणका बिषयमा विद्यार्थीहरुले नगर प्रमुख जनचन्द्र राेकाय र उप प्रमुख देबी घर्तीसँग संवाद गरेका थिए ।
संवाद कार्यक्रम BMZ काे सहयाेग, प्लान इन्टरनेशनल नेपालकाे साझेदारीमा, ठुलीभेरी नगरपालिकाकाे समन्वय र समाज जागरण केन्द्र (स्याक नेपाल) द्वारा सञ्चालन गरिएको थियाे ।
छात्रछात्राहरुले नगर प्रमुख उप प्रमुख सँग सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले शैक्षिक तथा भाैतिक अवस्थाबारे जानकारी समेत गराएका थिए ।
बालबालिकाले सामुदायिक विद्यालयमा कक्षा काेठा तथा भाैतिक संरचनाहरु व्यवस्थित गर्नु पर्ने, बालविवाह लगाएतका कुसंस्कार विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानहरुमा किशोरीमैत्री वातावरणकाे बनाउनुपर्ने माग राखेका थिए।
यस्तै संवादकाे क्रममा याैन तथा प्रजनन स्वास्थ्यकाे विषयमा पनि छलफल गरिएको छ।
अध्ययन गर्दा गर्दै बालविवाह गर्ने प्रचलन रहेकाे हुदाँ यस बाट पर्ने असर र यसलाई राेकथाम गर्न खेल्नु पर्ने भुमिकाकाे विषयमा पनि छलफल गरिएको थियाे।
त्रिपुरा मावि काटियाचाैर,त्रिपुराकाेट मावि मद्दु, जनप्रभा मावि लिकुका अठार जना बिद्यार्थीहरुले संवाद कार्यक्रममा सहभागीता जनाएका थिए । त्यस शिक्षकहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।





नेपाल ईन्फम । २०८२ भाद्र १५ गते आइतवार