डाेल्पाका धामीझाँक्रीलाई याैन तथा प्रजनन शिक्षा

रामचन्द्र न्याैपाने,
डाेल्पा । डाेल्पाका धामीझाँक्रीलाई याैन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा दिइएको छ ।
जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकाेटमा बीस जना धामीझाँक्री र पुराेहितहरुलाई यस प्रकारको शिक्षा दिइएको हाे ।
गाउँ समाजमा घट्ने बाल विहाह,छाउपडी प्रथा,छुवाछूत आदि कुप्रथालाई न्युनिकरण गर्न धामीझाँक्रीलाई याैन तथा प्रजनन शिक्षा दिइएको हाे ।
त्रिपुरासुन्दरी नगरपालिकाकाे समन्वयमा समाज जागरण केन्द्र डाेल्पाले यस प्रकारको शिक्षा दिएकाे हाे ।
घर गाउँ,मठ मन्दिर,विद्यालय,समुदाय,स्वास्थ्य केन्द्र लगायतका सार्वजनिक तथा निजि स्थानमा किशाेर किशाेरी मैत्री वातावरण सृजना गरि बाल विवाह,छाउपडी प्रथा न्युनिकरण गरि सभ्य समाज निर्माण गर्न धामीझाँक्रीलाई याैन तथा प्रजनन स्वास्थ्य शिक्षा दिइएकाे समाज जागरण केन्द्र डाेल्पका अनुगमन तथा मुल्यांकन संयाेजक चिरञ्जीवी पाैडेलले जानकारी दिए ।
समाजमा धामीझाँक्री सँग समुदायको आस्था धेरै जाेडिने भएकाले धामीझाँक्रीहरुलाई यस प्रकारको शिक्षा दिइएको उनकाे भनाइ छ ।
आजका दिनसम्म पनि सार्वजनिक मठ मन्दिरमा धार्मिक कारण भन्दै विभिन्न कुप्रथालाई निरन्तरता दिएर छुवाछूत भइरहने गरे पनि अब बिस्तारै यस्ता साेच बिचार परिवर्तन गर्दै लैजानुपर्ने धामीझाँक्रीकाे भनाइ छ ।



तपाईको प्रतिक्रिया