शिक्षा

नेपालगन्जमा पढ्दै ,सिक्दै, कमाउने अवसर,पढाइ पछि जागिरको ग्यारेन्टी

काठमाडौ । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीहरूसँग हातमा सर्टिफिकेट हुन्छ  तर सीप र अनुभव हुँदैन् ।

सर्टिफिकेट भए पनि सीप र अनुभव नहुँदा  जागिर पाउने सम्भावना निक्कै कम हुन्छ । जागिर पाउनका लागि ठुलै लडाइ जित्नु पर्ने हुन्छ । आफ्नै व्यवसाय सुरु गर्छु भन्ने आट पनि कमै हुन्छ । त्यसै होला  नेपालका आधिकांश कलेजहरूलाई बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था भन्ने आरोप लाग्ने गरेको छ ।

यस्तै परिवेशमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ  सिद्धार्थ एकेडेमी अफ टुरिजममा, हस्पिटालिटी, म्यानेजमेन्ट साथम कलेज सुरु गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी  साथम कलेजले यसै शैक्षिक सत्र देखि  नेपालगन्ज र चितवनमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी , टुरिजम  म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गरेको छ ।  जुन सुकै विषयमा  प्लस टु उर्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्नेछन् । यो कोर्ष पढ्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्तर्वार्ता भने पास गर्नुपर्छ ।

साथम कलेजको एकेडेमिक र प्राक्टिकल  कक्षाहरू सिद्धार्थ ग्रुप नेपालगन्जको स्थित चार तारे होटेल सिद्धार्थ र सिद्धार्थ होटेल नारायणघाट परिसर भित्रै सञ्चालन हुन्छन । कलेजले गत बर्ष देखि नै बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो ।  ग्रुपको भैरहवा स्थित सिद्धार्थ भिलासामा यो कोर्षमा पढाइ भइ रहेको   छ । चालु शैक्षिक सत्रमा साथम कलेजले नेपालगन्ज र नारायणघाटमा पढाइ सुरु गर्नका लागि लुम्बिनी  बौद्ध विश्वविद्यालयबाट अनुमति पाइ सकेको छ । साथम कलेज लुम्बिनी  बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो ।

बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिजम , फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ ।  यो कोर्ष पुरा गर्न १२४ ९ १ क्रेडिट बराबर १६ घन्टा  क्रेडिट आवर पढ्नु पर्ने साथम कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए । 

 तीन वर्ष नेपालमा पढी सके पछि बाकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि इन्टरनेसल स्टुडेन्ट एक्स चेन्ज कार्यक्रम मार्फत  लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर  मिलाइ   दिने उहाँले बताउनु भयो । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्वविद्यालयले तोकेका शैक्षिक मापदण्ड पुरा गर्नु पर्ने छ ।   

चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा  पढ्नका लागि ७ लाख ५० हजार लाग्छ ।  यो कोर्षमा ८ वटा सेमेस्टर हुन्छ ।  पहिलो सेमेस्टरमै शत प्रतिशत पढाइ हुन्छ ।  दोस्रो सेमेस्टरबाट  सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिवार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर  कमाउने सुनिश्चता गरिएको छ ।  

पढाई पुरा गरे पछि सिद्धार्थ ग्रुप देशैभर रहेका होटेल , रिर्सोट , रेष्टुरेन्ट , क्याफे ९ सिद्धार्थ ग्रुप अन्तर्गत  पाच तारे, चार तारे र तीन तारे होटेल , रिर्सोट , रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेट मा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो ।  सिद्धार्थका आउटलेटहरू करिब २ हजार कर्मचारी कार्यरत छन । जहाँ  हरेक वर्ष करिब ३ सय कर्मचारी फेरबदल भइ रहन्छन ।    



तपाईको प्रतिक्रिया