उपल्लो डाेल्पाबासीकाे पिडा

उपल्लो डाेल्पामा दुई बिरामी तीन दिन देखि हेलिकप्टरकाे पर्खाइमा

रामचन्द्र न्याैपाने,
डाेल्पा | डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पाकाे शे- फोक्सुन्डो गाउँपालिकाबाट दुई जना बिरामीको उद्वारहुन सकेको छैन् ।
आफैले चलाएको माेटरसाइकलले खुट्टा किचेर घाइते भएका वडा नं १ निजाल गाउँ बस्ने बर्ष ३७ का छाेल्डिङ ग्याल्छेन लामा र घरकाे छतबाट लडेर घाइते भएका रुकुम पश्चिम आठबिसकाे नगरपालिका स्थायी घर भएका बर्ष ३० का इन्द्रबहादुर धाैलाकाेटीकाे उद्वारहुन् नसकेको हाे
प्रहरीका अनुसार लामाकाे बायाँ खुट्टा भाँचिएको छ भने धाैलाकाेटीकाे टाउको लगाएका अंगमा गहिराे चाेट लागेकाे छ ।
घाइते दुबै जनाकाे उद्वारकालागि तीन दिन देखि प्रयास भइरहे पनि माैसममा सुधार नभएपछि हेलिकप्टर आउन नसकेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी टाेपेन्द्र बुढाले जानकारी दिए ।
सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा रहेकाे बताइएको छ



तपाईको प्रतिक्रिया